शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

यी हुन् उत्कृष्ट पीई रेसियो भएका दोस्रो बजारका ६ कम्पनी, कुनमा लगानी गर्दा के फाइदा?

बिहीबार , असोज २७ २०७९
यी हुन् उत्कृष्ट पीई रेसियो भएका दोस्रो बजारका ६ कम्पनी, कुनमा लगानी गर्दा के फाइदा?

काठमाडौं- सेयर लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नका लागि पीई रेसियो, खुद सम्पत्ति, कुल सम्पत्ति, प्रतिसेयर आम्दानी, सञ्चित नोक्सानी, सञ्चालन खर्च नै हेरिने मुख्य सूचक हुन्।

अन्य सूचक बढी हुँदा कम्पनीको उत्कृष्ट मानिन्छ। तर सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पीई) रेसियोमा भने थोरै भएको उत्कृष्ट मानिन्छ। अझ पीई रेसियो १० गुणाभन्दा कम भएका कम्पनीहरू नै लगानीकर्ताको आकर्षणमा पर्दछ। 

खासगरी पीई रेसियो ५ भन्दा तल हुँदा लगानी गर्न राम्रो मानिन्छ। पीई रेसियो १० सम्म आकर्षक मानिन्छ भने १० देखि १५ सम्म मध्यम मानिन्छ। १५ देखि २० प्रतिशत लगानीयुक्त मानिन्छ भने २० भन्दा माथि जोखिमयुक्त मानिन्छ। बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरी पीई रेसियो निकाल्न सकिन्छ।

यी हुन् उत्कृष्ट पीई रेसियो भएका ६ कम्पनी 

१) बोटलर्स नेपाल

बोटलर्स नेपाल (बालाजु) को अन्तिम मूल्यअनुसार हाल कम्पनीको पीई रेसियो ४.९४ गुणा रहेको छ। कम्पनीको दोस्रो बजारमा कम्पनीको सेयर मूल्य बुधबार २ हजार २२२ रुपैयाँमा कारोबार भएको छ।

२) नेपाल ल्युब आयल कम्पनी लिमिटेड 

नेपाल ल्युब आयल कम्पनी लिमिटेडको अन्तिम मूल्यअनुसार हाल कम्पनीको पीई रेसियो ४.२७ गुणा रहेको छ। कम्पनीको दोस्रो बजारमा २२७.३६ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको पछिल्लो ५२ हप्तामा २८४ रुपैयाँसम्म पुगेको थियो।

३) रिडी पावर कम्पनी लिमिटेड

हाइड्रोपावर समूहमा सूचीकृत रिडी पावर कम्पनी लिमिटेडको अन्तिम मूल्यअनुसार हाल कम्पनीको पीई रेसियो ७.६१ गुणा रहेको छ। कम्पनीको सेयर मूल्य ४६० रुपैयाँमा कारोबार भइरहेको छ। 

४) सनराइज बैंक लिमिटेड

वाणिज्य बैंक समूहमा सूचीकृत सनराइज बैंक लिमिटेडको अन्तिम मूल्यअनुसार हाल बैंकको पीई रेसियो ९.२२ गुणा रहेको छ। बैंकको दोस्रो बजारमा १९५ रुपैयाँमा कारोबार भइरहेको छ। 

५) कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडको अन्तिम मूल्यअनुसार हाल बैंकको पीई रेसियो ९.६५ गुणा रहेको छ। अहिले मर्जर प्रकृयामा गएका कारण दोश्रो बजारमा बैंकको कारोबार रोक्का छ। 

६) प्रभु बैंक लिमिटेड

वाणिज्य बैंक समूहमा सूचीकृत प्रभु बैंक लिमिटेडको अन्तिम मूल्यअनुसार हाल बैंकको पीई रेसियो ९.७६ गुणा रहेको छ। बैंकको दोस्रो बजारमा २०२ रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : बिहीबार , असोज २७ २०७९०२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend