शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

भारतीय कम्पनी मद्रास प्रिन्टर्ससँग अन्तःशुल्क स्टिकर खरिदको सम्झौता

मंगलबार, असोज २५ २०७९
भारतीय कम्पनी मद्रास प्रिन्टर्ससँग अन्तःशुल्क स्टिकर खरिदको सम्झौता

विभागले १ करोड ८ लाख डलरमा मद्राससँग सम्झौताको तयारी गरेको थियो। मद्रासलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी भएपछि मिराजले मुद्दा हालेको थिए। 

काठमाडौं- अन्त:शुल्क स्टिकर छपाइका लागि भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग सरकारले सम्झौता गरेको छ। अन्त:शुल्क स्टिकर छपाइका लागि आन्तरिक राजस्व विभाग र मद्रास कम्पनीबीच सोमबार सम्झौता भएको हो। 

मद्रासलाई छपाइको जिम्मा नदिन माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासले फैसला सुनाएसँगै मद्रासँगको सम्झौता अघि बढाउने बाटो खुलेको थियो। 

यसअघि अदालतले अन्तःशुल्क स्टिकर खरिदको ठेक्का सम्झौता रोक्न आन्तरिक राजस्व विभागलाई अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। विभागले प्रतिस्पर्धाबाट छनौट भएको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग सम्झौता गर्न लागेका बेला सर्वोच्चले प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो। 

मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट दायर रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले खरिद अघि नबढाउन भनेको थियो। विभागले १ करोड ८ लाख डलरमा मद्राससँग सम्झौताको तयारी गरेको थियो। मद्रासलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी भएपछि मिराजले मुद्दा हालेको थिए। 

अदालतले अन्तिम फैसला सुनाउँदै रोकिएकै बिन्दुबाट खरिद सम्झौता अघि बढाउन फैसला गरेको थियो। योसँगै आन्तरिक राजस्व विभागले मद्राससँग सम्झौता गरेको छ।

अदालतमा मुद्दा विचाराधीन हुँदा सरकारले भने स्टिकर छाप्नका लागि जीटूजीको प्रक्रिया अघि बढाएको थियो। गएको चैतमै जीटूजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। मन्त्रिपरिषदको बैठकले ‘जीटूजी’बाट अन्तःशुल्क स्टिकर खरिदका लागि सैद्धान्तिक सहमति दिएको थियो। 

लागत बढाएर स्टिकर छाप्नका लागि अर्थमन्त्री जनार्दन शर्माले तयारी गरेका थिए। आन्तरिक राजस्व विभागले यसको तीव्र तयारी पनि गरेको थियो। ३ अर्ब खर्च हुनेगरी खपाइ कम्पनी खोज्नका लागि सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषदबाट दिएको  थियो। 


प्रकाशित : मंगलबार, असोज २५ २०७९१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend