शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

टाटाको सस्तो विद्युतीय कार टियागो ईभी एकै दिन १० हजार बुकिङ

images
मंगलबार, असोज २५ २०७९
images
टाटाको सस्तो विद्युतीय कार टियागो ईभी एकै दिन १० हजार बुकिङ

१९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त कारले २ सय ५० किलोमिटर रेन्ज दिनेछ भने २४ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

images
images

काठमाडौं- टाटा मोटर्सले केही दिनअघि सार्वजनिक गरेको सबैभन्दा सस्ता विद्युतीय कारको बुकिङ सुरु गरेको छ। भारतीय बजारमा बुकिङ खोलेको पहिलो दिन नै टियागो ईभी १० हजार वटाभन्दा बढी बुक भएको छ। 

images
images
images

टाटा मोटर्सले सोमबार दिनको १२ बजेबाट टियागो ईभीको बुकिङ खुलाएको थियो। विद्युतीय कारको बुकिङमा टियागो ईभीले एक दिनमा पाएको बुकिङ सफलता ऐतिहासिक भएको भारतीय सञ्चार माध्यमले लेखेका छन्। 

images
images

टाटा मोटर्सले टियागो ईभीको सुरुवाती मूल्य ८ लाख ४९ हजार भारु तय गरेको छ। टाटाले टियागो ईभी बुक गर्ने पहिलो १० हजार ग्रहकलाई विशेष मूल्यमा दिने बताएको छ। त्यस्तै सो १० हजार मध्येबाट २ हजार वटा भने नेक्सन ईभी र टिगोर ईभीका ग्राहकलाई कोटा दिइएको छ। 

images
images

टाटाले आगामी डिसेम्बरमा टियागो ईभी टेस्ट ड्राइभ गर्न चाहने उपभोक्ताका लागि उपलब्ध गराउने बताएको छ। 
टाटा मोटर्सले टियागो ईभी १९.२ केडब्लूएच र २४ केडब्डूएच ब्याट्री अप्सनमा ल्याएको हो। टियागो ईभीले एक पटकका फुल चार्जमा २५० देखि ३१५ किलोमिटरसम्म रेन्ज दिनेछ। 

टियागो ईभीको मूल्य भारतीय बजारमा ८ लाख ४९ हजारदेखि ११ लाख ७९ हजार भारुसम्म तोकिएको छ। टाटाले टियागो ईभीको बुकिङ अक्टोबर १० देखि खुला गरेको हो। यो कारको डेलिभरी भने २०२३ को जनवरीबाट सुरु गरिने कम्पनीले जनाएको छ। 

टियागो ईभीको पर्खाइमा नेपाली उपभोक्ता समेत रहेको छन्। भारतमा सार्वजनिक भएकाले यो कार नेपाल ल्याउने प्रक्रिया समेत सुरु हुनेछ। भारतमा डेलिभरी सुरु हुँदा उक्त कार नेपाल आइपुग्ने अनुमान गरिएको छ। 

१९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त कारले २ सय ५० किलोमिटर रेन्ज दिनेछ भने २४ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

टियागो ईभी रेगुलर १५ए होम सकेटमा ३.३ केडब्लू एसी चार्जर र ७.२ केडब्लू एसी चार्जरबाट शतप्रतिशत चार्ज हुन क्रमशः ३ घण्टा र ३६ मिनेट लाग्नेछ। त्यस्तै डीसी फस्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज हुन ५७ मिनेटमा हुनेछ।

टाटा मोटर्सले नेपाली बजारमा नेक्सन ईभी र टियोर ईभी पनि उपलब्ध गराएको छ। टाटा नेक्सान ईभी नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय एसयूभीमा पर्छ। अहिले पनि पर्याप्त कार आपूर्ति नहुँदा नेक्सन ईभी किन्ने ग्राहकले केही समय पर्खनु पर्ने अवस्था छ। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी ३० लाख रुपैयाँमा नेपाल ल्याएमा यसको बिक्री उल्लेख्य हुनेछ। ३० लाख रुपैयाँभन्दा कम मूल्यमा विश्वसनीय ब्रान्डको विद्युतीय कारको पर्खाईमा रहेका ग्राहकको संख्या ठूलै रहेको छ। 


प्रकाशित : मंगलबार, असोज २५ २०७९०९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend