शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

न चाडबाड न त चुनाव, ओरालो लागेको सेयर बजारमा देखिएन कुनै प्रभाव

कारोबार रकम ५५ करोडमा खुम्चियो

images
images
images
न चाडबाड न त चुनाव, ओरालो लागेको सेयर बजारमा देखिएन कुनै प्रभाव
images
images

काठमाडौं- चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर ओरालोमा देखिन थालेको छ। यसअघि चुनावी माहोलले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको भए पनि अहिलेको बजारमा कुनै प्रभाव देखिएको छैन। 

images
images
images

दसैँअघिको केही दिन र बिदापछि आइतबारको पहिलो कारोबारमा वृद्धि देखिएको सेयर बजार पुन: ओरालो गतिमा देखिएको हो। उतारचढावपूर्ण यात्राकै निरन्तरता देखिँदा बजारमा सुधारको स्थायी आधार स्पष्ट हुन सकेको छैन।

images

मंगलबार १६.०६ अंकले घटेर बजार १८५५.१६ बिन्दुमा झरेको छ। जहाँ ५५ करोड २८ लाख ९ हजार रुपैयाँको मात्र कारोबार भएको छ। 

images

यो साता आइतबारको पहिलो कारोबारमा बजार ४४.६२ अंकले बढेर १८९८.३८ बिन्दुमा पुगेको थियो। सोमबार २७.१६ अंकले घटेर बजार १८७१.२२ बिन्दुमा झरेको थियो।

images
images

अहिलेको अवस्‍थामा चुनावी माहोल र चाडबाडको समयमा सकारात्मक हुने अनुमान भइरहँदा त्यसअनुरुप बजार बढ्न सकेको छैन। बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको समयमा पनि पुँजी बजार भने उतारचढावपूर्ण अवस्थाबाट ओरालोतिरै छ। 

प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर यसअघि पनि चुनावकै कारण सेयर बजार बढ्ने गरेको भने देखिएको छैन। बजारका अन्य तत्वहरू नै प्रमुख रहेका छन्। 

images

प्रकाशित : मंगलबार, असोज २५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस