मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातारको झरीले धानबालीमा क्षति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २५ २०७९
लगातारको झरीले धानबालीमा क्षति

मेलम्ची- अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ। दसैँको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो। लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्।

हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ। किसानले दसैँ लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन्। धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्ची नगरपालिका-५ भरतमणि सिग्देलले बताए। 
 
'दसैँ मनाएलगत्तै धान काट्न हुने भइसकेको थियो, तर अहिले पाकेको धान काट्न नपाउँदै लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता सबैमा छ', मेलम्ची- ५ का राजेन्द्र ढकालले भने 

वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमासमेत क्षति पुर्‍याइएको छ। जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानलाई चिन्ता थपिएको छ। 

लगातारको वर्षाले जिल्लाको अधिकांश क्षेत्रमा धानबालीमा क्षति पुर्‍याएको छ। अझै पनि पानी पर्ने सङ्केत देखिएकाले धान काट्न डराउनुपर्ने अवस्था रहेको मेलम्ची-९ का किसान कृष्णबहादुर खड्काले बताए। मौसम खुल्नेबित्तिकै धान काट्ने चटारो रहेको उनले बताए। जिल्लामा विशेषगरी बास्मती, खुमल ४, मन्सुली र हाइब्रिट प्रजातिको धान लगाउने गरिन्छ। रासस


प्रकाशित : मंगलबार, असोज २५ २०७९०८:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend