शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दा कर्जा प्रवाह भने घट्यो, दसैँपछि नै बढ्यो ४ अर्ब निक्षेप

मंगलबार, असोज २५ २०७९
बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दा कर्जा प्रवाह भने घट्यो, दसैँपछि नै बढ्यो ४ अर्ब निक्षेप

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपमा सुधार हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसअघि असोज १३ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैँपछि गएको आइतबारसम्म ५१ खर्ब २७ अर्ब पुगेको छ।

वाणिज्य बैंकहरूमा भने १ अर्ब रुपैयाँमात्रै निक्षेप थपिएको छ। वाणिज्य बैंकहरूमा कुल ४५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह भने दसैँअघिको तुलनामा १२ अर्ब घटेको छ। असोज १३ गतेसम्म कुल ४७ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा गत आइतबारसम्म ४७ खर्ब २६ अर्बमा झरेको छ। 

वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ८६ अर्ब कायम भएको छ। सो अवधिमा वाणिज्य बैंकहरूको मात्रै कर्जा प्रवाह ११ अर्ब घटेको छ।


प्रकाशित : मंगलबार, असोज २५ २०७९०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend