बिहीबार , वैशाख २० गते २०८१    
images
images

२०२२ का १० ठूला ईभी ब्याट्री उत्पादक, कुन कम्पनीको हिस्सा कति? 

images
images
images
२०२२ का १० ठूला ईभी ब्याट्री उत्पादक, कुन कम्पनीको हिस्सा कति? 

२०१९ मा विश्वभर ईभी ब्याट्रीको बजार १७ अर्ब अमेरिकी डलरको थियो। यो २०२८ मा पुग्दा बढेर ९५ अर्ब डलरको पुग्ने अनुमान गरिएको छ। 

images
images

काठमाडौं- विद्युतीय कारको माग बढेसँगै त्यसका लागि अत्यावश्यक ब्याट्रीको माग समेत स्वभाविक रुपमा बढेको छ। ब्याट्री उत्पादनमा ठूला कम्पनीबीच प्रतिस्पर्धा नै रहेको छ। यो प्रतिस्पर्धामा सबैभन्दा अघि चिनियाँ कम्पनीहरू नै रहेका छन्। 

images
images
images

मूल्यका आधारमा ईभी ब्याट्रीको माग उल्लेख्य रुपमा बढ्दै गएको छ। २०१९ मा विश्वभर ईभी ब्याट्रीको बजार १७ अर्ब अमेरिकी डलरको थियो। यो २०२८ मा पुग्दा बढेर ९५ अर्ब डलरको पुग्ने अनुमान गरिएको छ। 

images

यातायातको क्षेत्रमा कार्बन श्ून्य बनाउने नीतिमा विश्व नै रहेकाले ब्याट्रीको प्रयोग, उत्पादन तथा माग बढिरहेको हो। यसले ईभी ब्याट्री उत्पादनमा कम्पनीहरू प्रतिस्पर्धासहित लगानी विस्तारमा रहेका छन्। विद्युतीय सवारीमा पावर ब्याट्रीले नै दिन्छ। 

images

विगतदेखि नै विद्युतीय सवारीका लागि आवश्यक पर्ने ब्याट्री उत्पादनमा चीन अग्र स्थानमा रहेको छ। २०२२ को ब्याट्री उत्पादक कम्पनीको तथ्यांकमा चिनियाँ कम्पनीहरू नै अघि देखिएका छन्। 

images
images

ब्याट्री उत्पादनमा चिनियाँ दबदबा

चीनपछि विद्युतीय कार प्रयोगमा युरोप रहेको छ। पछिल्लो समय अमेरिका पनि विद्युतीय सवारीको उत्पादन तथा प्रयोगमा गति बढाउन लागि परेको छ। अमेरिका र युरोपले ईभी ब्याट्री उत्पादनमा क्षमता विस्तार गरिरहेपनि ब्याट्री सप्लाइमा एसियाको बर्चश्व कायमै छ। 

विश्वका १० ठूला ईभी ब्याट्री उत्पादक कम्पनीहरू सबै एसियामै छन्। त्यसमा पनि क्रमशः चीन, कोरिया र जापानका कम्पनीहरू अग्र स्थानमा छनु। २०२२ को तथ्यांकअनुसार ईभी ब्याट्री उत्पादनमा चिनियाँ कम्पनी ५६ प्रतिशत, कोरियन कम्पनीको २६ प्रतिशत र जापानी कम्पनीको १० प्रतिशत हिस्सा रहेको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। 

विश्वका १० ठूला ईभी ब्याट्री उत्पादक कम्पनी मध्ये ६ वटा चिनियाँ कम्पनी छन्। त्यसमध्ये चीनको सीएटीएल कम्पनीले मात्र विश्वमा उत्पादन हुने कुल ईभी ब्याट्रीमध्ये एक तिहाई अर्थात ३४ प्रतिशत उत्पादन गर्छ।

२०२१ मा विश्वभर उत्पादन भएको ईभी ब्याट्रीको कुल हिस्सामा सीएटीएलले ३२ प्रतिशत ओगटेको थियो। जुन २०२२ मा बढाएर ३४ प्रतिशत पुर्‍याएको छ। सीएटीएलले उत्पादन गर्ने लिथियम आयन ब्याट्री टेस्ला, प्युजो, हुन्डाई, होन्डा, बीएमडब्लू, टोयोटा, फक्सवागन र भोल्भोलाई उपलब्ध गराउँदै आएको छ। 

विश्वका १० ठूलो ईभी ब्याट्री उत्पादन कम्पनी : 

१. सीएटीएल (३४ प्रतिशत)- चीन

२. एलजी इनर्जी सोलुसन (१४ प्रतिशत)- कोरिया

३. बीवाईडी (१२ प्रतिशत)- चीन

४. पानासोनिक (१० प्रतिशत)- जापान

५. एसके अन (७ प्रतिशत)- कोरिया

६. सामसङ एसडीआई (५ प्रतिशत)- कोरिया

७. सीएएलबी (४ प्रतिशत)- चीन

८. गुओसुअन (३ प्रतिशत)- चीन

९. सुनवडा (२ प्रतिशत)- चीन

१०. एसभोल्ट (१ प्रतिशत)- चीन

अन्य ८ प्रतिशत ईभी ब्याट्री उत्पादक विभिन्न देशका कम्पनीहरू हुन्। 

अमेरिकामा आगोलागीको समस्या आएपनि एलजी इनर्जी सोलुसन दोस्रो ठूलो ब्याट्री उत्पादक बन्न सफल भएको छ। २०२१ मा जनरल मोटर्सलाई उपलब्ध गराउने भनेको मध्ये १.९ अर्ब डलर बराबरको ब्याट्री आगोलागीको सम्भावना भएपनि एलजी इनर्जी सोलुसनले फिर्ता लिएको थियो। 

ब्याट्री पावरको युग

अबको युग विद्युतीय सवारीको युग हुनेछ। विद्युतीय सवारीलाई ब्याट्री पावरको मद्दतले गुडाइन्छ। आउने दशकमा इन्टरनल कम्पस्चन इन्जिन (आईसीई) सवारीको प्रयोग क्रमशः घट्दै जाने निश्चित छ। विश्वका विभिन्न ठूला कार उत्पादक कम्पनीले सयम तोकेरै आईसी इन्जिन सवारी उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। 

ईभी ब्याट्रीको विकासमा समेत आउने दशकमा ठूलो फड्को मार्नेछ। ब्याट्रीले विद्युत स्टोर गर्ने क्षमता बढाउन व्यापक अनुसन्धानहरू भइरहेका छन्। ब्याट्रीको पुनप्र्रयोग र लाइफ साइकल बढाउन पनि ब्याट्री उत्पादकहरू लागि परेका छन्। ईभीको ब्याट्री चार्ज गर्न विद्युतका अलावा सोलार तथा वायु प्रविधिको समेत प्रयोग हुनेछ।

images

प्रकाशित : बुधबार, असोज २६ २०७९०४:१६

प्रतिक्रिया दिनुहोस