शुक्रबार, चैत १६ गते २०८०    
images
images

पोखराका २ होटलमा क्यासिनो, चालु आवको ३ महिनामा थपिए ५ क्यासिनो

images
images
पोखराका २ होटलमा क्यासिनो, चालु आवको ३ महिनामा थपिए ५ क्यासिनो
images
images

काठमाडौं- पोखराको फूलबारी रिसोर्ट बन्द भएसँगै क्यासिनो पनि बन्द भएको थियो। तर चालु आर्थिक वर्षको ३ महिनामै पोखरामा २ वटा होटलमा क्यासिनो सञ्चालन हुने गरी क्यासिनो कम्पनी दर्ता भएको छ।

images
images
images

फूल क्यासिनो सञ्चालनका लागि पाँचतारे होटलसँग क्यासिनो कम्पानीले सम्झौता गर्नुपर्छ। मिनी क्यासिनो (आधुनिक उपकरण तथा मेसिनको माध्यमबाट खेलाइने) को लागि चारतारे होटलसँग क्यासिनो कम्पनीले सम्झौता गर्नुपर्छ।

images

पोखरामा क्यासिनो सञ्चालन गर्नेगरी भेन्टनम इन्टरनेशनले प्रालि र प्लेजर नेपाल प्रालि उद्योग विभागमा दर्ता भएको छ। पोखरा महानगरपालिकाको ६ नम्बर वडामा रहेको हेरिटेज होटल एण्ड स्पामा सञ्चालन हुनेगरि भेन्टनम क्यासिनो दर्ता भएको छ भने पोखरा महानगरपालिका वडा नम्बर ६ कै  होटल सरोवर प्रालिमा क्यासिनो सञ्चालन हुने गरी प्लेजर नेपाल प्रालि दर्ता भएको छ। 

images
images

फूलबारी होटलबन्द भएसँगै पर्यटकीय नगरी पोखरामा सुविधासम्पन्न होटलको संख्या उल्लेख्य भएपनि क्यासिनो सञ्चालनमा थिएनन्। २ क्यासिनो सञ्चालनमा आएसँगै पोखरामा पनि अब क्यासिनो सुविधा थपिने भएको छ। कुनै समय काठमाडौं मात्र केन्द्रित क्यासिनो पछिल्लो समय सीमा नाका केन्द्रित भएको थियो। भारतीय सीमासँग जोडिएका सहरमा खुलेको होटलमा क्यासिनो सञ्चालन तीव्र बनेको थियो। 

विशेषगरी भैरहवा र नेपालगञ्जमा क्यासिनोकै लागि स्तरीय होटल खुल्ने क्रम बढिरहेको छ। होटलभन्दा पनि भारतीय पर्यटक क्यासिनोका लागि आउने भएकाले सीमा क्षेत्रमा तारे होटलमा लगानी बढिरहेको छ। भारतीय पर्यटकको रोजाइमा पर्दै आए पनि पोखरामा क्यासिनो थिएनन्। पोखरामा तारे होटलको संख्या बढ्दै गएपनि व्यवसायीले क्यासिनो खोल्ने आँट गरेका थिएनन्। 

हेरिटेज र सरोवर होटलमा सञ्चालन हुने यो क्यासिनोले पोखरामा क्यासिनोको भविष्य तय गर्ने व्यवसायीले बताएका छन्। विशेषगरी भैरहवासम्म पुग्ने भारतीय पर्यटकलाई पोखरासम्म तान्नका लागि क्यासिनो उपयुक्त हुने उनीहरुको विश्वास छ। 

भैरहवामा क्यासिनोका लागि मात्र भारतीय आएपनि पोखरासम्म पुगेपछि उनीहरु बाँकी समय घुमफिर पनि गर्ने भएकाले थप पर्यटकीय गतिविधि बढ्नेमा उनीहरु आशावादी छन्। २ वटै क्यासिनोमा २० करोड रुपैयाँ लगानी हुने भएको छ।

चालु आवमै ५ क्यासिनो कम्पनी

चालु आर्थिक वर्ष २०७९/०८० मै ५ वटा चारवटा होटलमा क्यासिनो सञ्चालन हुने गरी क्यासिनो कम्पनी उद्योग विभागमा दर्ता भएका छन्। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षका ३ महिना नबित्दै ५ होटलमा क्यासिनो सञ्चालनका लागि क्यासिनो कम्पनी उद्योगमा दर्ता हुन आएका छन्। विभागका अनुसार चालु आर्थिक वर्षमा कपिलवस्तु, कास्की, झापा तथा मोरङमा सञ्चालन भएका होटल सञ्चालन हुने गरी क्यासिनो कम्पनी उद्योगमा दर्ता भएका छन्।

क्यासिनो सञ्चालनका लागि कम्पनी दर्तासँगै पर्यटन विभागको सिफारिसमा उद्योगमा दर्ता हुनुपर्ने छ। सोहीअनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म ५ क्यासिनो दर्ता भएका हुन्। कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टका क्यासिनो सञ्चालन गर्नेगरी ग्रिन ज्याकपटो इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको छ। क्यासिनो कम्पनीमा २० करोड रुपैयाँका लगानी रहेको छ।

यसैगरी कास्की पोखरा हेरिटेझ स्वीट्स एण्ड स्पामा क्यासिनो सञ्चालन गर्ने गरी भेन्टेन ईन्टरटेनमेन्ट प्रालि दर्ता भएको छ। यसमा पनि २० करोडकै लगानी रहेको छ। साथै कास्कीकै होटल सरोवर प्रालिमा क्यासिनो सञ्चालन हुने गरी  प्लेजर नेपाल प्रालि दर्ता भएको छ। क्यासिनोमा २० करोड रुपैयाँको लगानी रहेको छ। झापाको बिर्तामोडमा किङसवरी इन्टरटेनमेन्ट प्रालि दर्ता भएको छ। यसमा २५ करोडको लगानी रहेको छ। यसैगरी मोरङको रत्ना होटल प्रालिमा रत्ना सर्भिसेज प्राली दर्ता भएको छ। कम्पनीमा २० करोड लगानी रहेको छ।

images

प्रकाशित : मंगलबार, असोज २५ २०७९०३:४९

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ