शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मर्जपछि हिमालयन एभरेष्टका प्रमोटरहरू किन सेयर बिक्री गरेर बाहिरिँदै छन्?

मंगलबार, असोज २५ २०७९
मर्जपछि हिमालयन एभरेष्टका प्रमोटरहरू किन सेयर बिक्री गरेर बाहिरिँदै छन्?

काठमाडौं- गत साउन १ देखि हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्स कम्पनी मर्ज भएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गरेको थियो।

बीमा समितिले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै दुई इन्स्योरेन्स कम्पनी मर्ज भएका थिए। दोस्रो बजारमा एकीकृत कारोबार सुरु भएदेखि नै प्रमोटर सेयर होल्डरहरूले खेलोफड्को गरिरहेका छन्। जसका कारण दसैँपछिको दुई दिनको कारोबारमा नै कम्पनी उच्च कारोबार गर्नेको पहिलो सूचीमा परेको छ। 

कम्पनीको सोमबार पनि प्रोमोटर सेयर कारोबारनै १६ करोड ५८ लाख ७७ हजार रुपैयाँ बराबरको ५ लाख ९३ हजार कित्ता कारोबार भएको छ। सोही कारण समग्र नेप्से घट्दा पनि ९७ करोड १७ लाख रुपैयाँको कारोबार भएको थियो। इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २७ रुपैयाँ २९ पैसा घट्दा २५१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

आइतबार पनि कम्पनीको सेयर सबैभन्दाबढी कारोबार भएको थियो। यता कम्पनीको पब्लिकतर्फको सेयर मूल्य पनि प्रतिकित्ता ११ रुपैयाँ घटेर ३६० रुपैयाँमा अन्तिम करोबार भएको थियो। प्रोमोटरतर्फ सेयर मूल्य घटेपछि पब्लिकतर्फका पनि त्रासमा देखिँदा सेयर मूल्य घटेको छ। 

help.PNG

गत बैशाख २२ गते निर्जीवन बीमा कम्पनीहरू एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए। उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो समेत भएको थियो। हिमालयन एभरेष्ट रहने गरी नयाँ कम्पनीमार्फत दोस्रो बजारमा प्रवेश गरेका थिए। 

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स १००ः ८५ मा गाभिएका थिए। एकीकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको ३ अर्ब २५ करोड प्रिमियम र ७५ वटा शाखा भएका छन्। 


प्रकाशित : मंगलबार, असोज २५ २०७९०१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend