शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मल्टीपर्पस फाइनान्सलाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकले दियो स्वीकृति

सोमबार, असोज २४ २०७९
मल्टीपर्पस फाइनान्सलाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौं- मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। हकप्रदका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ। चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो।  

फाइनान्सको असोज ३ बसेको संचालक समितिको बैठकले हकप्रद सेयर जारीका लागि नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा आवेदन पेश गरेको थियो।

बैंकले असोज १४ गते कम्पनीलाई हकप्रद जारीको स्वीकृती प्रदान गरेको हो। फाइनान्सले राष्ट्र बैंकसँग हाल कायम रहेको चुक्ता पुँजी ४५ करोड २० लाखको १ बराबर ०.३५ अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृती माग गर्दै आवेदन पेश गरेको थियो। कम्पनीले यसअघि पनि हकप्रद जारी गरेको थियो।

 


प्रकाशित : सोमबार, असोज २४ २०७९०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend