शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावी माहोलले दसैँअघिकै लयमा फर्किंदा सेयर बजारमा उभार, वृद्धि स्थायी कि अस्थायी?

आइतबार, असोज २३ २०७९
चुनावी माहोलले दसैँअघिकै लयमा फर्किंदा सेयर बजारमा उभार, वृद्धि स्थायी कि अस्थायी?

काठमाडौं- २२ महिनायताकै न्यून बिन्दुमा स्थिर रहेको सेयर बजार दसैँअघि लगातार बढेको थियो। दसैँपछि खुलेको कारोबार पनि उच्च अंकले बढेको छ। दसैँको पैसा र चुनावी माहोलले सेयर बजार आइतबार उच्च अंकले बढेको हो।

आइतबार ४४.६२ अंकले बढेर १८९८.३८ बिन्दुमा पुगेको छ। जहाँ ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ। दसैँअघिको अन्तिम कारोबारको दिन १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा बजार बन्द भएको थियो।

हाल २२ महिनायताकै न्यून बिन्दुमा रहेको बजार यसअघिको बुलमा सूचक १८ सय ५३ दशमलव ७६ सम्मको उच्चतम बिन्दु रहन पुग्यो भने १८ सय ११ दशमलव ७० को न्यूनतम बिन्दुसम्म आएर फर्किने प्रयासमा देखिएको छ। आइतबारको वृद्धिले सोही संकेत गरेको छ। 

यसबीचमा ४२ अंकको फरक मात्र देखिएको छ। जुन आगामि दिनमा नेप्से सूचक घट बढको दूरी छोटिएको हो। बजार बन्द हुनुअघि बजारले १८ सय बिन्दुको टेवा परिक्षणकै क्रममा रोकिएको थियो। 

असोजको दोस्रो साताभरी घटेको बजारले दसैँ बिदाहुनु अघि सातामा १४ अंकले बढेर आगामी बजारको सुखद पक्ष देखाएको थियो। घट्नुपर्ने जति अंक घटिसकेको हुँदा आगामि बजार सकारात्मक रहने लगानीकर्ताहरु बताउँछन्। बैंकका पैसा आउन थालेको तथा चुनावी माहोलले पनि सेयर बजार बढाउने संकेत देखिएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तर्फको चुनावका लागि आइतबार प्रत्यक्षतर्फको मनोनयन जारी रहेको छ। 

बैंकमा तरलता कायमै रहेको छ भने बीचमा चाडपर्व परेको हुँदा लगानीकर्तामा खर्चको सञ्चिति कम देखिएको छ। अर्कोतर्फ बैंकमा निक्षेप बढ्न थालेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले लाभांश प्रस्ताव गरिरहेका छन्।

दसैँ–तिहारपछि अर्थतन्त्र चलायमान हुने र बैंकमा पुनः निक्षेप बढ्ने अनुमान लगानीकर्ताको छ। त्यसैगरी, प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानलेआगामी दिन बजारमा सकारात्मक हुन सक्ने आधारहरू तय भएका छन्।

विश्लेषकहरूका अनुसार अहिलेको अवस्थाले बजारमा स्थायी सुधारको आधार भने देखिएको छैन। गएको साता बजारमा एक दिनमात्र वृद्धि देखिएको थियो। त्यसअघि पनि केही समयको उतारचढावबीच तलतिर लागिरहेको बजारमा बीचमा केही दिन वृद्धि देखिने गरेको थियो। 

विश्वासयोग्य वातावरण बनेको भनिएको सेयर बजारमा फेरि पनि ठूला लगानीकर्ताकै चलखेलले तलमाथि हुने गरिरहेको छ। २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजारले सुधारको गति पाउन सकिरहेको छैन। उही बिन्दु वरपर घुमिरहेको छ। बजारले समाधानको स्थायी आधार नभेट्दासम्म उचाइतर्फ जान मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, असोज २३ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend