शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लगातार उकालो लाग्यो अमेरिकी डलरको मूल्य

आइतबार, असोज २३ २०७९
लगातार उकालो लाग्यो अमेरिकी डलरको मूल्य

काठमाडौं- अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ। यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १ सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ। 

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ। विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ। मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ। कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ।

नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो। भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ।


प्रकाशित : आइतबार, असोज २३ २०७९०६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend