शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २१ २०७९
images
लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

images
images

काठमाडौं-चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

images
images
images

बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बनेका छन्। लोकमार्गमा बिहीबारदेखि नै सवारी साधानहरु ठप्प भएका छन् भने आधा दर्जन गाडीहरु पहिरोमै फसेका छन्। पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताए।

images
images

उनले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौँ हिँडेको भन्दै कालापैराको पहिरामा फसेको बताए। सेन्चुरीले दसैँ मनाएर काठमाडौँ फर्किएका यात्रु लिएर आएको बताउँछन्। ‘दसैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौँ हिँडेको पहिरामा गाडी फसेर तनाव भयो’, उनले भने।

images
images

रुकुमदेखि काठमाडौँ हिँडेका प्रेम पुन मगरले पहिराका कारण आफूहरु अलपत्र परेको बताए। उनले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको बताए। घर्ती भन्छन, ‘यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौँ, काठमाडौँ पुग्न हतार थियो र हिँडियो, अहिले बीच बाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो।’

पहिराले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको सङ्ख्यामा यात्रुहरु अलपत्र छन्। लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरु समस्या पर्नु परेको स्थानीय मनप्रसाद पौडेले बताउनुभयो । उहाँले लोकमार्गभन्दा पारिपट्टिको सडक खुलेको भए यात्रुहरु यसरी सडकमा अलपत्र पर्नुपर्ने बताए।
 

बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौँ, बागलुङ, पोखरा जाने गाडीहरु लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरु भोकले ब्याकुल बनेका छन्। नजिक होटल तथा पसल नहुँदा आफूहरुले समस्या भोग्नु परेको यात्रु गोमा सुनारले बताए। उनले पैसा भएर पनि होटल पसलहरु नजिक नहुँदा भोकै बस्नु परेको बताए।


निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताए। उनले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताए। वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उनको भनाइ छ ।


विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा

निरन्तर वर्षाको कारण बागलुङको काठेखोलामा एक विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा परेका छन्। काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित जनप्रिय आधारभूत विद्यालयको सातकोठे भवन र स्थानीय शमशेर मल्ल, गणेशबहादुर थापा, डिलकुमारी हमाल र लक्षु हमालको घर पहिराको उच्च जोखिममा परेको स्थानीय गङ्गा थापा ‘भिक्षु’ले जानकारी दिए।

पहिराले घर बगाउन थालेपछि चार परिवारलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ। डिलकुमारी हमाल र लक्षु हमालको घर विद्यालय भवनसँगै जोखिममा रहेको थापाले बताउनुभयो । भवनको अगाडिदेखि ठूलो पहिरो जाँदा विद्यालय जोखिममा परेको प्रधानाध्यापक नरबहादुर थापाले बताए।

उनले विद्यालय अगाडि मोटरबाटो रहेको र समय–समयमा डोजरले सडक खन्दा त्यसको थर्कोले पहिरो गएको बताए। ‘स्कूल अगाडि मोटरबाटो छ, बेला–बेलामा मोटरबाटोमा डोजर चलाउँछन्, डोजरको थर्कोले यति ठूलो पहिरो गयो, पहिराले सातकोठे भवन बगाउने जोखिम बढेको छ, विद्यालयको तलपट्टि सडक निर्माण नगरेको भए अहिले यस्तो जोखिम हुने थिएन,’ उनले भने। आठसम्म पढाइ हुने विद्यालयमा ८२ विद्यार्थी अध्ययनरत छन्।

रासस


प्रकाशित : शुक्रबार, असोज २१ २०७९११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend