शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

२२ महिनायताकै न्युन बिन्दुमा रहेको सेयर बजारमा दसैँपछि देखिएला सुधार?

शनिबार, असोज २२ २०७९
२२ महिनायताकै न्युन बिन्दुमा रहेको सेयर बजारमा दसैँपछि देखिएला सुधार?

हाल नेप्से सूचक २२ महिनायताकै न्यून बिन्दुमा रहेको छ। यस साता नेप्से सूचक १८ सय ५३ दशमलव ७६ सम्मको उच्चतम बिन्दु रहन पुग्यो भने १८ सय ११ दशमलव ७० को न्यूनतम बिन्दुसम्म आएर फर्किने प्रयासमा देखिएको थियो। 

काठमाडौं- यतिबेला सेयर बजार २२ महिनायताकै न्युन बिन्दुमा स्थिर रहेको छ। दसैँअघिको अन्तिम कारोबार दिनमा १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा बन्द भएको थियो।

हाल नेप्से सूचक २२ महिनायताकै न्यून बिन्दुमा रहेको छ। यसअघिको बुलमा नेप्से सूचक १८ सय ५३ दशमलव ७६ सम्मको उच्चतम बिन्दु रहन पुग्यो भने १८ सय ११ दशमलव ७० को न्यूनतम बिन्दुसम्म आएर फर्किने प्रयासमा देखिएको थियो। 

यसबीचमा ४२ अंकको फरक मात्र देखिएको छ। जुन आगामि दिनमा नेप्से सूचक घट बढको दूरी छोटिएको हो। नेप्से सूचक १८ सय ५३ दशमलव ७६ बिन्दुमा बन्द भएको छ। बजार बन्द हुनुअघि बजारले १८ सय बिन्दुको टेवा परिक्षणकै क्रममा रोकिएको थियो। 

असोजको दोस्रो साताभरी घटेको बजारले दसैँ बिदाहुनु अघि सातामा १४ अंकले बढेर आगामी बजारको सुखद पक्ष देखाएको थियो। घट्नुपर्ने जति अंक घटिसकेको हुँदा आगामि बजार सकारात्मक रहने लगानीकर्ताहरु बताउँछन्।

दसैँअघि झिनो सुधार देखिएर बन्द भएको सेयर बजार दसैं सकिएसँगै आइतबारबाट खुल्ने छ। नेप्से सूचकमा पछिल्लो समय बढ्न सक्ने आधारहरु तय भएका छन्। 

लगानीकर्ताहरुका अनुसार घट्नुपर्ने जति बजार घटिसकेको छ। बजार निकै तल्लो बिन्दुमा छ, यस साताको झिनो संकेत अब यस बिन्दुबाट तल खस्दैन कि भनेर अनुमान लगाउन सकिने लगानीकर्ताहरु बताउँछन्। तत्कालको अवस्थामा लगानीकर्ता सेयर किन्न सक्ने अवस्थामा छैनन्। 

बैंकमा तरलता कायमै रहेको छ भने बीचमा चाडपर्व परेको हुँदा लगानीकर्तामा खर्चको सञ्चिति कम देखिएको छ। अर्कोतर्फ बैंकमा निक्षेप बढ्न थालेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले लाभांश प्रस्ताव गरिरहेका छन्।

दसैँ-तिहारपछि अर्थतन्त्र चलायमान हुने र बैंकमा पुनः निक्षेप बढ्ने अनुमान लगानीकर्ताको छ। त्यसैगरी, प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानलेआगामी दिन बजारमा सकारात्मक हुन सक्ने आधारहरू तय भएका छन्।


प्रकाशित : शनिबार, असोज २२ २०७९०२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend