आइतबार, वैशाख १६ गते २०८१    
images
images

दशकौंयताकै उच्च स्तरमा उक्लिएको महँगीसँगै विश्वभर आर्थिक गतिविधि सुस्त- आईएमएफ

images
images
images
दशकौंयताकै उच्च स्तरमा उक्लिएको महँगीसँगै विश्वभर आर्थिक गतिविधि सुस्त- आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोषले  विश्वमा बढ्दो आर्थिक  मन्दीको जोखिमको चेतावनी दिएको छ। आईएमएफ प्रमुख क्रिस्टालिना जर्जीवाले सन् २०२६ सम्ममा विश्व अर्थतन्त्रको वृद्धिदरमा ४ हजार अर्बले कमी आउने आशंका रहेकाले यसमा सवै मिलेर काम गर्न आवश्यक रहेको बताइन्। 

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोषले  विश्वमा बढ्दो आर्थिक  मन्दीको जोखिमको चेतावनी दिएको छ। आईएमएफ प्रमुख क्रिस्टालिना जर्जीवाले सन् २०२६ सम्ममा विश्व अर्थतन्त्रको वृद्धिदरमा ४ हजार अर्बले कमी आउने आशंका रहेकाले यसमा सवै मिलेर काम गर्न आवश्यक रहेको बताइन्। 

images
images
images

जर्जटाउन विश्वविद्यालयमा बिहीवार आयोजित एउटा कार्यक्रममा बोल्दै उनले विश्वमा बढ्दै गएको महँगीप्रति चिन्ता पनि प्रकट गरेकी छन्। उनले आगामी वर्ष विश्व अर्थतन्त्रमा युक्रेनमाथि रुसको आक्रमणको प्रभाव यसअघि अनुमान गरेको भन्दा ठूलो पर्ने भन्दै चिन्ता व्यक्त गर्न गरिन्। 

images

उनले विश्वको अर्थव्यवस्था कोरोना महामारी, रूस युक्रेन युद्ध  तथा जलवायु परिवर्तन जस्ता चुनौतीबाट प्रभावित भइरहेको पनि बताइन्। विश्वअर्थतन्त्र मन्दीतर्फ जाने संकेत देखिइरहेको भन्दै उनले यसका लागि विश्वअर्थतन्त्रलाई स्थिर राख्न सवै मुलुकबाट ठोस उपायहरु अबलम्बन हुन आवश्यक रहेको बताइन्।

images

विश्वभर आर्थिक गतिविधि सुस्त भइरहेको छ। साथै माग पनि सुस्ताएको समयमा कारखाना गतिविधि अधिकांश ठाउँमा कमजोर बनेका छन्। विश्वभर महँगी बढिरहेको अनि मौद्रिक नीति कसिलो भइरहेको समयमा कारखाना गतिविधि पनि प्रभावित छन्। विश्वको कारखाना गतिविधि सुस्ताइरहेको अवस्थामा पछिल्लो पटक उनको यो भनाइ सार्वजनिक भएको हो।

images
images

दशकौंयताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न विश्वभर केन्द्रीय बैंकहरुले ब्याजदर आक्रामक रुपमा बढाइरहेकै समयमा कारखाना गतिविधिसम्बन्धी पछिल्लो तथ्यांकले विश्वको अर्थतन्त्र थप सुस्ताउने हो कि भन्ने चिन्ता बढाइरहेको बेला उनले यसले लामो समयसम्म आर्थिक मन्दी बढ्ने आशंका पनि व्यक्त गरेकी छन्।

बहुपक्षीय कर्जादार्ता निकाय तथा संघसंस्थाहरुले पनि विश्व तथा क्षेत्रीय आर्थिक वृद्धिको प्रक्षेपण घटाइसकेका छन्। त्यसो त आर्थिक सहकार्य र विकासका लागि संगठन (ओईसीडी) ले पनि युक्रेनमाथि रुसको आक्रमणले पहिला देखि नै बढिरहेको विश्वव्यापी मुद्रास्फीतिको चाप बढाएको बताएको छ। ‘विश्वको आर्थिक परिदृश्य झनै अध्यारो भएको छ’, ओईसीडीले आफ्नो प्रतिवेदनमा भनेको छ। विश्वको आर्थिक वृद्धिदर यो वर्षको दोस्रो त्रैमासमै रोकिएको छ।

कयौं अर्थतन्त्रको तथ्यांकहरुले वृद्धिदर लामो अवधिसम्म दबिने ओईसीडीले बताएको छ। ओईसीडीले जुनमा गरेको प्रक्षेपणमा आगामी वर्ष विश्व अर्थतन्त्र २ दशमलव ८ प्रतिशतले बढ्ने बताएको थियो। पछिल्लो समय प्रक्षेपण घटाएर २ दशमलव २ प्रतिशतमा झारिएको छ। 

images

प्रकाशित : शुक्रबार, असोज २१ २०७९०६:०२

प्रतिक्रिया दिनुहोस