शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१०० प्रतिशतसम्म लाभांश दिने क्षमताका आकर्षक पाँच लघुवित्त कम्पनी, यस्तो छ वित्तीय विवरण

शुक्रबार, असोज २१ २०७९
१०० प्रतिशतसम्म लाभांश दिने क्षमताका आकर्षक पाँच लघुवित्त कम्पनी, यस्तो छ वित्तीय विवरण

काठमाडौं-गतवर्ष मात्रै दोस्रो बजारमा प्रवेश गरेका पाँच लघुवित्त कम्पनीहरू लगानीकर्ता माझ आकर्षक बने। जसका कारण सेयर मूल्य पनि उच्च भएको थियो। उच्च लाभांश दिन सक्ने क्षमता तथा उच्च मूल्यमा पुग्ने आशमा पनि कम्पनीहरूको सेयरमा लगानीकर्ता आकर्षित भएका थिए। 

यहाँ उच्च लाभांश दिन सक्ने पाँच लघुवित्त कम्पनीको बारेमा विश्लेषण गरिएको छ। यी पाँच कम्पनीहरू जसले ५० देखि १०० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्दछन्। कम्पनीको सेयर मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात ९प्राइस टु अर्निङ (पीई) रेसियो साथै बजार मूल्य र किताबी मूल्यबीचको अनुपात प्राइस टु बुक भ्यालु ९पीबी० रेसियो राम्रो देखिएको छ। जसका कारण पाँच लघुवित्तको सेयर घट्दो बजारमा खरिद गर्ने लगानीकर्ताहरूले राम्रो नाफा आर्जन गर्न सक्छन्। 

नेष्डो समृद्ध लघुवित्त

नेष्डो समृद्ध लघुवित्त कम्पनी गतवर्ष मात्रै मात्रै साधारण सेयर आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनी हो। कम्पनीको दोस्रो बजारमा २८३० रुपैयाँमा प्रतिकित्ता कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा ३३९० रुपैयाँसम्म पुगेको कम्पनीको पहिलो कारोबार भने ७४७ रुपैयाँमा भएको थियो।

कम्पनीको चुक्तापुँजी २ करोड ५५ लाख रुपैयाँ रहेको छ, भने बजार पुँजीकरण ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। भर्खरै आईपीओ जारी गरेको कम्पनी भएपनि सेयरधनीलाई आकर्षक लाभांश दिन सक्ने क्षमता कम्पनीको रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ रहेको छ। पीई रेसियो ३१ गुणा र रिर्टन क्षमता ७.९१ प्रतिशत हुँदा बुक भ्यालु भने ३२९ रुपैयाँ रहेको छ। यो कम्पनीले ५० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने क्षमता राख्दछ। 

उपकार लघुवित्त

उपकार लघुवित्त पनि गतवर्ष  अगाडि मात्रै आईपीओ जारी गरेको कम्पनी हो। कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार नै १२११ रुपैयाँमा प्रतिकित्ताबाट सुरु भएको थियो। कम्पनीको ३१५० रुपैयाँ प्रतिकित्ता अन्तिम कारोबार भएको थियो। पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर मूल्य बढेर ३८६९ रुपैयाँसम्म पुगेको थियो।

कम्पनीको चुक्तापुँजी ६ करोड ५६ लाख रुपैयाँ हुँदा बजार पुँजीकरण १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ६८.०९ रुपैयाँ रहेको छ। सेयरधनीलाई ७० प्रतिशतदेखि १०० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्दछ। कम्पनीको पीई रेसियो ४४.६५ गुणा रहेको छ। भने बुक भ्यालु ३५९.५५ रुपैयाँ रहेको छ। 

जाल्पा सामुदायिक लघुवित्त 

जाल्पा सामुदायिक लघुवित्त नयाँ कम्पनी भएपनि सूचकमा उत्कृष्ट देखिन्छ। गत वर्ष मात्रै सेयर जारी गरेको कम्पनीले गत वर्षको नाफाबाट कम्तीमा ८० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ। दोस्रो बजारमा अहिले घट्दो सेयर मूल्य भएकोले जाल्पाका सेयरधनीले भविष्यमा राम्रो नाफा कमाउन सक्ने देखिएको छ। 

अहिले कम्पनीको सेयर ३१५० रुपैयाँमा कारोबार भएको छ। पछिल्लो ५२ हप्ता कम्पनीको सेयर मूल्य बढेर ३२९९.५० रुपैयाँसम्म पुगेको छ। कम्पनीको पहिलो कारोबार ३१८ रुपैयाँबाट सुरु भएको थियो।

कम्पनीको इपीएस ६१.६६ रुपैयाँ रहेको छ पीई रेसियो ४६.५८ गुण रहेको छ। बुक भ्यालु ३९५.४२ रहेको छ। पिबीभी भ्यालु ७.२६ प्रतिशत यो कम्पनीले अहिलेको अवस्थामा लगानीकर्ताका लागि आकर्षक रहेको छ। कम्पनीले लगानीकर्तालाई राम्रो लाभांश दिने भएकोले थोरै कित्ता खरिद गर्दा पनि राम्रै नाफा गर्न सक्ने देखिन्छ।  

सीवाईसीएल लघुवित्त

गत साता मात्रै आईपीओ जारी गरेर दोस्रो बजारमा प्रवेश गरेको कम्पनीको सेयर मूल्य आईतबार १६९८.२० रुपैयाँमा कारोबार भएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा १६९८.२० रुपैयाँनै उच्च मूल्य हो।

भने न्युनतम ३८२.२० रुपैयाँ रहेको छ।  कम्पनीको १२ करोड १६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको बजार पुँजीकरण २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। कम्पनीले लगानीकर्तालाई ५० देखि ७० प्रतिशतसम्म लाभांश दिने क्षमता रहेको छ। 

नेशनल माइक्रोफाइनान्स

नेशनल माइक्रोफाइनान्स सूचक र मार्केटको मूल्यका आधारमा पनि सेयरधनीहरूका लागि आकर्षक देखिन्छ। कम्पनीको हालको मूल्य १९९० रुपैयाँमा रहेको छ। पछिल्लो ५२ हप्तामा सबैभन्दा उच्च ३८७६.९० रुपैयाँसम्म कारोबार भएको थियो भने न्यूनतम १७४५ रुपैयाँ रहेको छ। ईपीएस ६८.४४ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो २७.२१ गुणा रहेको छ। बुकभ्यालु २१६.७५ रहेको छ। गत वर्षको नाफाबाट लगानीकर्तालाई ५० प्रतिशत लाभांश दिएको छ।

कम्पनीको विगतका वर्षहरूमा राम्रो लाभांश दिँदै आएको छ। कम्पनीले ८० प्रतिशतसम्म लाभांश दिएको थियो। आउने वर्ष पनि कम्पनीको कम्तीमा ५० प्रतिशत लाभांश दिने निश्चित रहेको छ। कम्पनीको चुक्तापुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको छ। भने बजार पुँजीकरण १० अर्ब २९ करोड रुपैयाँ रहेको छ। यो कम्पनी भने माथी चर्चा गरिएका चार कम्पनी मध्ये सबैभन्दा पुरानो कम्पनी हो।  


प्रकाशित : शुक्रबार, असोज २१ २०७९०२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend