शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल टेलिकमका लगानीकर्तालाई दसैँपछि बम्पर लाभांश, नगद कि बोनस सेयर?

मंगलबार, असोज १८ २०७९
नेपाल टेलिकमका लगानीकर्तालाई दसैँपछि बम्पर लाभांश, नगद कि बोनस सेयर?

काठमाडौं- दोस्रो बजारमा आकर्षक मानिएको नेपाल टेलिकमको सेयर मूल्य लगातार घटिरहेको छ। सधैँभरी चर्चामा रहने कम्पनीले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्दा आकर्षक सूचक सार्वजनिक गरेता पनि दोस्रो बजारका सेयर मूल्य भने बढ्न सकेको छैन।

१७९९ रुपैयाँसम्म सेयर मूल्य पुगेको कम्पनीको सेयर घटेर ८०३ रुपैयाँसम्म झरेको थियो। कम्पनी ठूलो बन्दै गएकोले पुनः उच्च मूल्यमा जान केही समय कुर्नुपर्ने  देखिन्छ। गत वर्ष २० प्रतिशत नगद र २० प्रतिशन बोनस सेयर दिएको थियो। यसवर्ष पनि मिश्रित लाभांश दिने अनुमान गरिएको छ। दसैँ अघि सेयर मूल्य ८१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। 

कम्पनीले उक्त आर्थिक वर्षको अन्त्यसम्म कायम चुक्ता पुँजी १५ अर्ब रुपैयाँमा २० प्रतिशत बोनस प्रस्ताव गरेको थियो। जसअनुसार १५ अर्ब रुपैयाँको २० प्रतिशत हुने ३ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण भएको थियो। 

कम्पनीको वितरणयोग्य नाफा पनि आकर्षक हुनुको साथै अन्य सूचकमा पनि आकर्षक सुधार गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नेपाल टेलिकम दोस्रो बजारमा सोमबार पनि सेयर मूल्य घटेको छ। प्रतिकित्ता ६.४० रुपैयाँ घटेर ८५४ रुपैयाँमा झरेको छ।

कम्पनीले गतवर्ष ४० प्रतिशत लाभांश दिएको थियो। गतवर्ष बढेर १७९९ रुपैयाँ पुगेको भएपनि घटेर ८२८ रुपैयाँमा झरेको थियो। त्यसयता खासै सेयर मूल्य बढ्न सकेको छैन। टेलिकमले यसवर्ष पनि ४७ प्रतिशत लाभांश दिने अनुमान गरिएको छ। 

कम्पनीको वार्षिक आम्दानी ४४ अर्ब पुगेको छ। आर्थिक वर्ष २०७८र७९ मा कम्पनीले ४४ अर्ब ३४ करोड ३७ लाख ७८२ रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्बले बढी हो। २०७७र७८ मा कम्पनीले ४२ अर्ब २३ करोड आम्दानी गरेको थियो। 

त्यस्तै कम्पनीको खुद नाफा १७।५४ प्रतिशतले बढेको छ। कम्पनीले अघिल्लो वर्ष ७ अर्ब १२ करोड नाफा गरेको थियो। जुन गएको वर्ष बढेर ८ अर्ब ३८ करोड पुगेको छ। कम्पनीको चुक्ता पुँजी २० प्रतिशतले बढेर १८ अर्ब पुगेको छ भने सञ्चिति पनि बढेर ७७ अर्ब पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४६.५६ रुपैयाँ। यो अघिल्लो वर्षको तुलनामा घटेको हो। कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८.१३ रुपैयाँ रहेको छ। पीई रेसियो १८.८८ गुणा रहेको छ। कम्पनीको वितरणयोग्य नाफा नै ८ अर्ब ३८ करोड रहेकोले ४७ प्रतिशतसम्म लाभांश क्षमता रहेको छ। 

कम्पनीले कोर सेवा बिक्रीबाट गर्ने आम्दानीमा सुधार गर्दा नाफामा वृद्धि देखिएको हो। ग्राहकलाई विभिन्न प्रकारका सेवाबाट उठाएको शुल्कमा २ अर्ब वृद्धि गरेको छ। प्राविधिक बाहेकको सेवाबाट हुने आम्दानी स्थिर तथा खर्च कटौती गर्न असफल भएपनि कम्पनीको नाफामा भएको वृद्धिको मुख्य कारण ग्राहक सेवा शुल्कमा भएको सुधार हो। 


प्रकाशित : मंगलबार, असोज १८ २०७९१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend