बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालले यूरोपेली मुलुक स्वीट्जरल्याण्डसँग सिधा हवाई उडान गर्न पाउने, अमेरिकासँग समेत हवाई सम्झौताको तयारी

मंगलबार, असोज १८ २०७९
नेपालले यूरोपेली मुलुक स्वीट्जरल्याण्डसँग सिधा हवाई उडान गर्न पाउने, अमेरिकासँग समेत हवाई सम्झौताको तयारी

नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्धिपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने र त्यस अगाडि नै वायुसेवा कम्पनीले चाहेमा उडान गर्न सक्ने गरी समझदारी भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

काठमाडौं- नेपाल र यूरोपेली मुलुक स्वीट्जरल्याण्डले सिधा हवाई सम्पर्कमा जोडिने गरी सम्झौता गरेका छन्। नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्धिपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने र त्यस अगाडि नै वायुसेवा कम्पनीले चाहेमा उडान गर्न सक्ने गरी समझदारी भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

महानिर्देशक अधिकारीका अनुसार स्वीस इन्टरनेशनल एयरलाइन्सले सिंगापुर एयर र भारतको भिस्तारा एयरसँग ‘कोड शेयर’ सम्झौतामार्फत नेपाल उडान गर्न चाहेकोले पनि सम्झौता गरेको बताए। यस अवस्थामा स्विट्जरल्याण्ड र काठमाडौं सिधा हवाई सञ्जालमा जोडिने छन्। दुई मुलुकबीच हवाई सेवा सम्झौता भने आगामी पुस महिनामा गर्ने समझदारी समेत बनेको छ। 

अधिकारीका अनुसार स्वीस इटरननेशनल एयरलाइन्सले गौतमबुद्ध र त्रिभुवन विमानस्थल दुबै विमानस्थलमा उडान गर्न सक्नेगरी सम्झौता भएको हो। अन्य एयरलाइन्सले नेपालबाट उडान गर्न चाहेमा पनि सक्नेगरी सम्भौता भएको छ। दुई मुलुकबीच अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलन क्यानडामा सम्झौता भएको हो।  

उता, नेपाल र अमेरिकासँग समेत हवाई सञ्जालमा जोडिने गरी तयारी अगाडी बढेको छ। ‘अमेरिकी नियामक निकायबाट हुने काम करिब पूरा भइसकेको छ, हाम्रो तयारी केही बाँकी रहेकाले मात्र अमेरिकासँग सम्झौता हुन बाँकी रहेको हो,’ महानिर्देशक अधिकारीले भने ।

यसले दुवै देशका वायुसेवालाई एक अर्का मुलुकमा जान सक्ने ढोका खुल्ने उनको भनाइ छ। दुवै देशसँग पुसमा सम्झौता हुने समेत महानिर्देशक अधिकारीले जनाकारी दिए। 


प्रकाशित : मंगलबार, असोज १८ २०७९१०:०७
  • सम्बन्धित विषय:

  • # nepal
  • # icao
  • # caan


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend