शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

तीन ठूला बीमा कम्पनीका लगानीकर्तालाई समान लाभांश, बुक क्लोज कहिले?

बिहीबार , असोज २० २०७९
तीन ठूला बीमा कम्पनीका लगानीकर्तालाई समान लाभांश, बुक क्लोज कहिले?

काठमाडौं- तीन जीवन बीमा कम्पनीले लाभांश प्रस्ताव गरेका छन्। नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन्।

हालसम्म ८ जीवन बीमा कम्पनीको प्रतिवेदन बीमा समितिबाट पारित भएपनि ३ कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका हुन्। समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ, मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ, आइएमई लाइफ, रिलायवल नेपाल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको मात्रै आर्थिक वर्ष २०७७र७८ को वित्तीय विवरण स्वीकृत भएका छन् ।

नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले मात्रै गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन्।

तीन जीवन बीमा कम्पनी मध्ये नेपाल लाइफ र नेशनल लाइफले समान १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। तर नेशनल लाइफले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छ।

यता नेपाल लाइफले भने १५.७८९ प्रतिशत नै नगद लाभांश प्रस्ताव गरेको छ। नेपाल लाइफ र नेशनल लाइफले लाभांश प्रयोजनको लागि बुक क्लोज मिति भने तोकेको छैन्।

एशिन लाइफ इन्स्योरेन्सले भने १४.५ प्रतिशत बोनस सेययर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद गरी १५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। असोज १३ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको छ।

कम्पनीले लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार असोज २ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।


प्रकाशित : बिहीबार , असोज २० २०७९०२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend