शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दसैँपछि आकर्षक लाभांश आउने चर्चाले बढेको नबिल बैंकको सेयर मूल्य तिहारअघि कतिसम्म पुग्ला?

सोमबार, असोज १७ २०७९
दसैँपछि आकर्षक लाभांश आउने चर्चाले बढेको नबिल बैंकको सेयर मूल्य तिहारअघि कतिसम्म पुग्ला?

काठमाडौं- दसैँअघि कारोबारको अन्तिम समयमा आएर बल्ल नबिल बैंकको सेयर मूल्य बढ्न थालेको थियाे। सधैँभरी चर्चामा रहने नबिल बैंकको सेयर मूल्य कारोबारको अन्तिम दिन पनि १३ रुपैयाँले बढेर प्रतिकित्ता ७८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

दसैँ लगत्यै लाभांश घोषणा हुने अनुमानमा सेयर मूल्य बढेको छ। बैंकले सम्भव ३० देखि ४० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ। 

वित्तीय विवरण सार्वजनिक गर्दा आकर्षक सूचक सार्वजनिक गरेता पनि दोस्रो बजारका सेयर मूल्य भने बढ्न सकेको थिएन। विभिन्न वित्तीय तथा वाणिज्य बैंकहरूले नगद लाभांश मात्रै सार्वजनिक गरिरहेका बेला नबिलको आर्कषक लाभांश आउने चर्चाले सेयर मूल्य बढेको छ। नबिलले नगद र बोनस सेयर आधा आधा  दिने सम्भावना रहेको छ। 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकले खुद नाफा र वितरण गर्न मिल्ने सञ्चिति ९ अर्ब १२ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड भए पछि एक्विजिसनपछि वितरण गर्न मिल्ने सञ्चिति बढेको हो। त्यस्तो सञ्चिति ५ अर्ब ७५ करोड छ। बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २७.१६ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.८० गुण रहेको छ। प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

शुल्क वापतको आम्दानी १ अर्ब ८६ करोड रहेको छ। बैंकको वर्षको भरीको जम्मा अपरेटिङ आम्दानी १२ अर्ब १२ करोड रुपैयाँ रहेको छ। गत वर्ष उक्त शीर्षकको आम्दानी ११ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। साथै बैंकको सञ्चालन मुनाफा ७ अर्ब १७ करोड पुगेको छ, जुन अघिल्लो आवमा ६ अर्ब ४१ करोड थियो।

बैंकको खराब कर्जा १.५४ प्रतिशतमा रहेको छ। गत वर्ष पनि उक्त कर्जाको अनुपात सोही नै रहेको थियो। निक्षेप ३ खर्ब २६ अर्ब रहेको छ, जुन गत वर्ष २ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।


प्रकाशित : सोमबार, असोज १७ २०७९११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend