शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वाणिज्य बैंकको सेयर मूल्य २०७५ सालयताकै सस्तो, दसैँपछि लगानीकर्ताका लागि खरिद गर्ने अवसर

आइतबार, असोज १६ २०७९
वाणिज्य बैंकको सेयर मूल्य २०७५ सालयताकै सस्तो, दसैँपछि लगानीकर्ताका लागि खरिद गर्ने अवसर

काठमाडौं- वाणिज्य बैंकको सेयरवमूल्य निरन्तर घट्दै गएको छ। २०७५ फागुनमा सेयर बजार ११०० विन्दुमा हुँदाभन्दा हाल कारोबारमा रहेका अधिकांश वाणिज्य बैंकको सेयर मूल्य घटेको हो। घटिरहेको दोस्रो बजारमा बैंकको सेयर किन्नेहरुलाई दीर्घकालमा फाइदा हुने निश्चत रहेको छ। 

नेप्सेको सूचिमा अधिकांश वाणिज्य बैंकको सेयर ३०० रुपैयाँभन्दा कम छ। सेयर बजार ३१९९  सयसम्म पुग्दा १७ सयसम्म पुगेको बैंकको सेयर अहिले ७ सयको हाराहारीमा कारोबार भइरहेको छ। १९ वाणिज्य बैंकको सेयरमूल्य औसत ३०० रुपैयाँ रहेको छ। बजार बढेर ३२ सय विन्दुमा पुग्दा वाणिज्य बैंकको सेयर मूल्य औसत ५२८ रुपैयाँ थियो। 
 
बजार बढ्दा वाणिज्य बैंकको सेयर मूल्य पनि दुई गुणासम्म बढेको थियो।  एक वर्षको अन्तरालमा बजार झण्डै ५० प्रतिशत घटेको छ। २०७८ भदौ २ गतेयता बजार ४३ प्रतिशत घटेको छ। यो अवधिमा लगानीकर्ताले धेरै गुमाएका छन्।  

पछिल्लो समयको वाणिज्य बैंकको सेयर पनि त्यस्तै लगानी गर्ने मौका रहेको सेयर विश्लेषकहरूको भनाइ छ। अधिकांश वाणिज्य बैंकको सेयरमूल्य ३०० रुपैयाँ भन्दा कम भएकाले लगानीकर्ताले अहिले लगानी गरेर छोड्दिए केही वर्षमै उक्त लगानी डबल हुने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । 

०७५ सालमा नेप्से इन्डेक्स ११ सयदेखि १३ सय विन्दुको बीचमा वर्षैभरी जस्तो रह्यो। यो अवधिमा वाणिज्य बैंकको सेयर मूल्य औसत ३०० कै हाराहारीमा रह्यो ।  अधिकांश वाणिज्य बैंकको सेयर मूल्य ३०० भन्दा कम रहेको छ।

२०७५ फागुन १९ गतेको सेयर मूल्य हेर्दा आइतबार कारोबारमा आएका अधिकांश वाणिज्य बैंकको सेयर मूल्य कम देखिएको छ। २०७५ फागुनको तुलनामा स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य १३१ रुपैयाँ घटेको छ। अरु बैंकहरूको सेयरमूल्य पनि ११४ देखि १५ रुपैयाँसम्म घटेको छ। 


प्रकाशित : आइतबार, असोज १६ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend