बुधबार, वैशाख १२ गते २०८१    
images
images

वाणिज्य बैंकको सेयर मूल्य २०७५ सालयताकै सस्तो, दसैँपछि लगानीकर्ताका लागि खरिद गर्ने अवसर

images
images
images
वाणिज्य बैंकको सेयर मूल्य २०७५ सालयताकै सस्तो, दसैँपछि लगानीकर्ताका लागि खरिद गर्ने अवसर
images
images

काठमाडौं- वाणिज्य बैंकको सेयरवमूल्य निरन्तर घट्दै गएको छ। २०७५ फागुनमा सेयर बजार ११०० विन्दुमा हुँदाभन्दा हाल कारोबारमा रहेका अधिकांश वाणिज्य बैंकको सेयर मूल्य घटेको हो। घटिरहेको दोस्रो बजारमा बैंकको सेयर किन्नेहरुलाई दीर्घकालमा फाइदा हुने निश्चत रहेको छ। 

images
images
images

नेप्सेको सूचिमा अधिकांश वाणिज्य बैंकको सेयर ३०० रुपैयाँभन्दा कम छ। सेयर बजार ३१९९  सयसम्म पुग्दा १७ सयसम्म पुगेको बैंकको सेयर अहिले ७ सयको हाराहारीमा कारोबार भइरहेको छ। १९ वाणिज्य बैंकको सेयरमूल्य औसत ३०० रुपैयाँ रहेको छ। बजार बढेर ३२ सय विन्दुमा पुग्दा वाणिज्य बैंकको सेयर मूल्य औसत ५२८ रुपैयाँ थियो। 
 
बजार बढ्दा वाणिज्य बैंकको सेयर मूल्य पनि दुई गुणासम्म बढेको थियो।  एक वर्षको अन्तरालमा बजार झण्डै ५० प्रतिशत घटेको छ। २०७८ भदौ २ गतेयता बजार ४३ प्रतिशत घटेको छ। यो अवधिमा लगानीकर्ताले धेरै गुमाएका छन्।  

images

पछिल्लो समयको वाणिज्य बैंकको सेयर पनि त्यस्तै लगानी गर्ने मौका रहेको सेयर विश्लेषकहरूको भनाइ छ। अधिकांश वाणिज्य बैंकको सेयरमूल्य ३०० रुपैयाँ भन्दा कम भएकाले लगानीकर्ताले अहिले लगानी गरेर छोड्दिए केही वर्षमै उक्त लगानी डबल हुने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । 

images

०७५ सालमा नेप्से इन्डेक्स ११ सयदेखि १३ सय विन्दुको बीचमा वर्षैभरी जस्तो रह्यो। यो अवधिमा वाणिज्य बैंकको सेयर मूल्य औसत ३०० कै हाराहारीमा रह्यो ।  अधिकांश वाणिज्य बैंकको सेयर मूल्य ३०० भन्दा कम रहेको छ।

images
images

२०७५ फागुन १९ गतेको सेयर मूल्य हेर्दा आइतबार कारोबारमा आएका अधिकांश वाणिज्य बैंकको सेयर मूल्य कम देखिएको छ। २०७५ फागुनको तुलनामा स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य १३१ रुपैयाँ घटेको छ। अरु बैंकहरूको सेयरमूल्य पनि ११४ देखि १५ रुपैयाँसम्म घटेको छ। 

images

प्रकाशित : आइतबार, असोज १६ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस