काठमाडौं- आन्तरिक उडानमा अहिले ८ वटा निजी हवाई सेवा प्रदायक कम्पनीहरुले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका छन्।
बुद्ध एयर, यती एयरलाइन्स, श्री एयर, सौर्य एयरलाइन्स, गुण एयर, सिता, तारा र समिट एयरले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका छन्।
जसमा बुद्ध, यती, श्री, सौर्य र गुणले टंक (सुगम) रुटमा उडान गर्दै आएका छन् भने सिता, तारा र समिट एयरले स्टल (दुर्गम) रुटमा उडान गर्दै आएका छन्। कोरानाले थला परेको आन्तरिक हवाई क्षेत्र पूर्ण रुपमा लयमा फर्किसकेको छ।
आन्तरिक उडानमा झन्डै ५ दर्जन जहाज
अहिले आन्तरिक उडानमा झन्डै पाँच दर्जन जहाज सञ्चालनमा छन्। तर, केही एयरलाइन्समा केही जहाज ग्रााउन्न्डेड पनि छन। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको १६ वटा जहाज छन्। बुद्धसँग १४ वटा एटिआर र २ वटा विजक्राफ्ट जहाज छन्।
यसैगरी दोस्रो बजार हिस्सा ओगट्दै आएको यतीसँग भने अहिले ६ वटा मात्रै जहाज छन। यतीसँग भएका सबै जहाज एटिआर नै हो। साथै श्रीसँग ७ वटा र सौर्यसँग ३ वटा जहाज रहेका छन् भने गुण एयरलाइन्ससँग ७ वटा जहाज छन्।
यसैगरी स्टलमा उडान गर्दै आएको सितासँग ४, तारासँग ३ र समिटसँग ५ वटा जहाज छन्। यसैगरी, सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि ३ वटा जहाज आन्तरिक उडानमा प्रयोग गर्दै आएको छ।