शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

३४ कम्पनीका १२ करोड कित्ता आईपीओ पाइपलाइनमा, कुनको कति?

मंगलबार, असोज १८ २०७९
३४ कम्पनीका १२ करोड कित्ता आईपीओ पाइपलाइनमा, कुनको कति?

पछिल्लाे समय समग्र दाेस्राे बजार घट्दाे ट्रेण्डमा रहेको छ। दाेस्राे बजारमा लगानी जाेखिममा परिरहेकाबेला साधारण सेयर (आईपीओ) भने धमाधम आउने तयारीमा रहेका छन्।

काठमाडौं- पछिल्लाे समय समग्र दाेस्राे बजार घट्दाे ट्रेण्डमा रहेको छ। दाेस्राे बजारमा लगानी जाेखिममा परिरहेकाबेला साधारण सेयर (आईपीओ) भने धमाधम आउने तयारीमा रहेका छन्।

दशैंपछि तीन दर्जन भन्दा बढी कम्पनीले १२ अर्ब रुपैयाँको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने छन्। इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई दशैपछि असोज २८ गते आईपिओ निष्काशन गर्दै छ। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्काशन गर्ने छ ।

इस्टर्न बाहेक हाल विभिन्न ३४ कम्पनीहरु आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरेर बसेका छन्।  यी कम्पनीलाई धितोपत्र बोर्डले क्रमश आईपीओ निष्काशनको अनुमति दिदै जाने छ।  ३४ कम्पनीले कुल १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७ सय ८५ रुपैयाँ बराबरको ८ करोड १८ लाख २५ हजार ४ सय ८१ कित्ता शेयर निष्काशन गर्ने तयारीमा छन्। 

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिंग मिल्सले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेका छन् भने अन्य कतिपय इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने तयारी गरेका छन् ।

कुन कुनको कति ? 

१. सुपरमाई हाइड्रोपवार लिमिटेडको १० करोड बराबरको १० लाख कित्ता 

२ मोलुङ हाइड्रो कम्पनीको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता  

३ बाराही हाइड्रोको ७ करोड बराबरको ७ लाख कित्ता 

४ एशियन हाइड्रोको ११ करोड ८० लाख बराबरको ११ लाख ८० हजार कित्ता 

५ कालिन्चोक दर्शन लिमिटेडको १२ करोड बराबरको १२ लाख कित्ता 

६ सिटी होटेल लिमिटेडको १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता 

७ इन्गुवा हाइड्रोको १८ करोड बराबरको १८ लाख कित्ता

८ सुपर मादी हाइड्रोको ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता 

९ शुभम पावरको ५ करोड ८० लाख ५८ हजारको ५ लाख ८० हजार ५ सय ८० कित्ता 

१० थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता 

११ आत्मानिर्भर लघुवित्तको २ करोड ३ लाख ३८ हजार बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता 

१२ डिश मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता 

१३ आईएमई लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको ६० लाख कित्ता

१४ हाथवे इन्भेष्टमेन्टको १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता 

१५  माया खोला हाइड्रोको ३४ करोड बराबरको ३४ लाख कित्ता 

१६ भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता

१७ मकर जितुमाया सुरी हाइड्रोको २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता

१८ बिपीडब्लु लघुवित्तको ९७ लाख बराबरको ९७ हजार कित्ता 

१९ घोराही सिमेन्टको ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८ सय १ कित्ता 

२० कुन्थेली बुखारी स्मल हाइड्रोको २ करोड ४३ लाख ७३ हजार ५ सय बराबरको २ लाख ४३ हजार ७ सय ३५ कित्ता 

२१ ट्रेड टावर लिमिटेडको ११ करोड ५८ लाख ९८ हजार बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता

२२ अपर स्यांगे हाइड्रोको ८ करोड ७० लाख बराबरको ८ लाख ७० हजार कित्ता 

२३ रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता

२४ रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख बराबरको ६० लाख कित्ता 

२५ मुक्तिनाथ कृषि कम्पनीको ४ करोड बराबरको ४ लाख कित्ता 

२६ सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता  मूल्य बुक विल्डिङ विधिबाट तय हुने 

२७  रिलायन्स स्पिनिग मिल्सको ७ लाख ७० हजार ६ सय ४० कित्ता  मूल्य बुक विल्डिङ विधिबाट तय हुने 

२८ दोल्ती पावर कम्पनीको १६ करोड ९ लाख ४५ हजार ८ सय बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता

२९ सगरमाथा जलविद्युत कम्पनीको ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता

३० माई खोला हाइड्रोको १९ करोड २१ लाख ५६ हजार ८ सय बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता

३१  मोदी इनर्जी लिमिटेडको ७२ करोड ५० लाख बराबरको ७२ लाख ५० हजार कित्ता

३२  सोनापुर मिनरल्स एण्ड ओइलको १ अर्ब २३ करोड बराबरको १ करोड २३ लाख कित्ता 

३३ मेन्छियाम हाइड्रोको १६ करोड २७ लाख ७५ हजार बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता

३४ सानिमा मिडल तमोरको ८३ करोड ३१ लाख २५ हजार बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता


प्रकाशित : मंगलबार, असोज १८ २०७९०२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend