बिहीबार , वैशाख ६ गते २०८१    
images
images

जनार्दनको करनीतिले फुटे उद्योगी

images
images
जनार्दनको करनीतिले फुटे उद्योगी

नेपालमा डन्डी उत्पादन गर्ने व्यवसायीहरुको संगठन नेपाल रोलिङ स्टिल मिल्स एसोसिएसन फुटेको छ। यो संघ फुटेको भन्दा पनि अस्तित्वमै नरहेको स्वयम् पदाधिकरीहरु स्वीकार गर्न थालेका छन्।

images
images

काठमाडौं- जेठ १५ गते आएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले करका दरमा पनि हेरफेर गरे। करमा छुटदेखि घटबढसम्म भयो।

images
images
images

मन्त्री शर्माले यही नीतिका कारणले गर्दा देशका ठूला व्यवसायीहरू खुलमखुला विभाजित भएको देखियो। यसरी व्यवसायीलाई वाद प्रतिवादभन्दा परै पुर्‍यायो। विशेषगरी स्टिलमा लाग्ने कर र स्वदेशमा निर्माण हुनेलाई दिइएको छुटको विषयलाई लिएर व्यवसायीहरूको संघ नै विभाजित भएको छ।

images

नेपालमा डन्डी उत्पादन गर्ने व्यवसायीहरूको संगठन नेपाल रोलिङ स्टिल मिल्स एसोसिएसन फुटेको छ। यो संघ फुटेको भन्दा पनि अस्तित्वमै नरहेको स्वयम् पदाधिकरीहरू स्वीकार गर्न थालेका छन्।

images

२०४९ सालमा स्थापना भएको यो संघ फुटको मुख्य कारण अर्थमन्त्री जनार्दन शर्माको कर नीति हो। शर्माले योपालिको आर्थिक ऐनबाट आयात हुने बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ बनाइदिएका छन्। त्यस्तै नेपालमै बिलेट बनाउने उद्योगहरूले ल्याउने स्पञ्ज आइरनमा लाग्दै आएको अन्तःशुल्क र भन्सार हटेको छ। यही व्यवस्था कारणले एसोसिएसन फुटेको हो।

images
images

संघका अध्यक्ष साहिल अग्रवाल छन्। अध्यक्ष अग्रवाल र उपाध्यक्ष शोभाकार न्यौपाने सरकारी करनीतिको पक्षमा थिए। वरिष्ठ उपाध्यक्ष किरण शाख: लगायतका बहुमत सदस्य भने सरकारी कर नीतिमा विपक्षमा खुलेर लागेका थिए।

विधेयक आएको तीन दिनभित्रै कर नीतिको विपक्षमा लागेका वरिष्ठ उपाध्यक्ष शाख: सहितका व्यवसायीहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी विरोध जनाएका थिए। तर उक्त पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवाल सहभागी थिएनन्।

बरु त्यसको केही समयभित्रै बिलेट उत्पादक संघको नामबाट अर्को प्रेस विज्ञप्ति जारी भएको थियो। यो संघले भने सरकारी कर नीतिको स्वागत गरेको थियो।

रोलिङ मिल्स एसोसिएसनको अध्यक्षको हैसियतमा अहिले साहिल अग्रवाल नहरेको र एसोसिएसनकै अस्तित्व पनि सक्रिय नभएको वरिष्ठ उपाध्यक्ष शाख: बताउँछन्।

'एसोसिएसनका बहुमत सदस्यहरूले हस्ताक्षर गरेरै उहाँ(साहिल अग्रवाल)लाई अध्यक्षबाट हटिदिनुस् भनेर अनुरोध गरिसकेका छौँ' उनले भने' यसको अर्थ न उहाँ अहिले रोलिङ मिल एसोसिएसनको अध्यक्षको हैसियतमा हुनुहुन्छ न एसोसिएसनकै अस्तित्व छ।'

शाख: ले त्यसो भने पनि अग्रवालले अध्यक्षको हैसियतबाट विज्ञप्ति जारी गर्दै डन्डीको मूल्य घटाउन सदस्यहरूलाई आग्रह गरेका छन्। सरकारले कर छुट दिएकाले अहिले मूल्य घटाउन उनले आग्रह गरेका थिए।

दुईथरी गतिविधि भएपछि अन्तत: नेपाल रोलिङ मिल्स एसोसिएसन र नेपाल बिलेट उत्पादक संघ दुईवटा संघ हुने निश्चित भएको छ।

पहिलेदेखि नै विदेशबाट बिलेट ल्याएर नेपालमा डन्डी बनाउने र स्पञ्ज आइरन ल्याएर नेपालमा बिलेट बनाएर डन्डी बनाउने व्यवसायीहरूको दुई धार थियो। यद्यपी संघ भने एउटै थियो।

'पहिले पनि एसोसिएसनको तर्फबाट सरकारसमक्ष माग राख्दा यही कुरामा विवाद हुन्थ्यो तर सरकारले कुनै पनि निर्णय नगरिदिएकाले जेनतेन चलेको थियो। तर यो पालि एउटा पक्षले उठाउँदै आएको कुरालाई इन्डोर्स गरिदिएपछि विभाजन भएको हो' एक व्यवसायीले भने।

images

प्रकाशित : बुधबार, असोज २० २०७८०१:०१

प्रतिक्रिया दिनुहोस