शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनसीसीसँग मर्जरमा जान लागेको कुमारी बैंकको लाभांश बढ्यो

शुक्रबार, असोज १४ २०७९
एनसीसीसँग मर्जरमा जान लागेको कुमारी बैंकको लाभांश बढ्यो

काठमाडौं- कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। एनसीसीसँग मर्जरको प्रक्रिया अघि बढाएको कुमारीले लाभांश घोषणा गरेको हो।  बैंकले साढे १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। गतवर्ष बैंकले ८.६७ प्रतिशत लाभांश दिएको थियो।

बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ। बैंकले साढे १२ प्रतिशत नगद नै दिने छ। 

बैंकले कायम चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँको साढे १२ प्रतिशतले हुन आउने एक अर्ब ८३ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो।


प्रकाशित : शुक्रबार, असोज १४ २०७९०८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend