आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

राराको अनुपम सुन्दरता

images
बुधबार, असोज १९ २०७९
images
राराको अनुपम सुन्दरता
मुर्मा टपबाट देखिएको रारा ताल।
images
images

काठमाडौं- रारा राष्ट्रिय निकुञ्जको हरियाली भित्र लुकिरहेको ताल हो रारा। नेपालको सबैभन्दा ठूलो तालका रुपमा परिचय बनाएको राराको वखानमा यसको आकारभन्दा समग्र सुन्दरताको स्थान बढी छ।

images
images
images

आँखामा बस्ने सुन्दरताको परिभाषा हो रारा। हेरिरहँदै पनि राराले यसरी स्वरुप बदलिदिन्छ कि कुनै एकैचिज हेरिरहँदा मन त्यसरी सायदै प्रत्येक पटक रोमाञ्चित भइरहन्छ। घामको प्रकाशको फेरिँदो अवस्थासँगै रारा आफ्नो रूप बदलिरहन्छ।

images
images

तालको छेउ भएर वहने बतासले गीत गाए जस्तो लाग्छ। राराको पानी छोएर वहने बतासको गीतले नचाउँछ। मनले अनेक सोच्छ र ढसमस्स बसिदिन्छ मनभरि रारा। मनमा बस्ने रारा आँखामा समेटिन्छ, धेरै क्यान्भासको संयुक्त कोलाज बनेर। आकर्षक चित्रकलाको नमूना झैँ।

images
images

rara taal (2).jpg

राराको क्षेत्रफल १०.६५ वर्ग किलोमिटर छ। लम्बाइ ५ किलोमिटर छ। चौडाइ ३ किलोमिटर। राराको गहिराइ १६७ मिटर छ। सन् २००७ मा रामसार सूचीमा सूचीकृत भएर अन्तर्राष्ट्रिय रुपमा थप महत्वपूर्ण बन्यो रारा। पछिल्ला वर्ष भ्याइनभ्याइ स्थानीय पर्यटकको चाप खेपिरहेको रारा प्रकृतिमा रमाउन चाहने बाह्य पर्यटकका लागि पनि आकर्षक गन्तव्य हो।

rara taal (3).jpg

वरपरको जंगलसँगै आँखा उठाएर हेर्दा देखिने हिमालले राराको सुन्दरतामा मुस्कान थपेको छ। रारा तालको दक्षिणतर्फ ४०८७ मिटरको चुचेमारा टाकुरा, उत्तरतर्फ ६७३१ मिटरको रुम काँध र ३४४४ मिटरको मालिका काँध चुचुराहरू छन्।

rara lake (1).jpg

रारा ताल र वरिपरको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरेर आउने विभिन्न चराचुरुङ्गीको उपयुक्त बासस्थान बनेको छ। जहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पनि पाइन्छ।

rara lake (2).jpg

rara taal (4).jpg

rara taal (5).jpg

rara taal (6).jpg

rara taal (7).jpg

rara taal (8).jpg

rara taal (9).jpg

rara taal (10).jpg

 


प्रकाशित : बुधबार, असोज १९ २०७९१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend