बिहीबार , वैशाख १३ गते २०८१    
images
images

७ नयाँ लघुबीमाका लागि ३१ कम्पनीको आवेदन (सूचीसहित)

images
images
images
७ नयाँ लघुबीमाका लागि ३१ कम्पनीको आवेदन (सूचीसहित)

बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न भन्दै लघुबीमा लाइसेन्सको लागि भदौ १० गते आवेदन खुला गरेको थियो।

images
images

काठमाडौं- लघुबीमा कम्पनीको लाइसेन्सको लागि ३१ वटा कम्पनीले आवेदन परेको छ। बीमा समितिले आवेदन माग गरेको आज असोज १३ अन्तिम दिनसम्म ३१  वटा कम्पनीको आवेदन परेको हो।

images
images
images

बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न भन्दै लघुबीमा लाइसेन्सको लागि भदौ १० गते आवेदन खुला गरेको थियो। ७ वटालाई लाईसेन्स दिने भनिएकोमा ३१ वटा कम्पनीले आवेदन दिएका हुन्।

images

बीमा समितिको निर्देशिकाअनुसार लघुबीमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्तापुँजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तीमा ५१ प्रतिशत सेयर धारण गर्नुपर्ने उल्लेख छ। ३० प्रतिशत सेयर आईपीओमार्फत सर्वसाधारणलाई निष्काशन गर्नुपर्ने छ। ५ प्रतिशत सेयर कर्मचारीलाई दिन सकिनेछ। 

images

यी हुन् आवेदन दिने ३१ कम्पनी 

images
images

१. निओ लाइट माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

२. स्वदेशी लघु जीवन बीमा कम्पनी

३. जानकी जीवन लघुबीमा कम्पनी

४. नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी

५. गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

६. कर्णाली माइक्रो इन्स्योरेन्स कम्पनी

७. एभरेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड

८. एक्सप्रेस माइक्रो इन्स्योरेन्स लिमिटेड

९. ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड

१०. माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स कम्पनी

११. अल्फा माइक्रो इन्स्योरेन्स कम्पनी

१२. उन्नति माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१३. उन्नति माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

१४. लुम्बिनी लघु जीवन बीमा कम्पनी

१५. मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स कम्पनी

१६. मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१७. गरिमा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१८. गरिमा माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

१९. सीजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स लिमिटेड

२०. सीजी इन्स्योर माइक्रो इन्स्योरेन्स लिमिटेड

२१. गण्डकी माइक्रो इन्स्योरेन्स कम्पनी

२२. स्टार माइक्रो इन्स्योरेन्स कम्पनी

२३. प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड

२४. क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

२५. लिबर्टी माइक्रो लाइफ कम्पनी

२६. श्री शक्ति लघु जीवन बीमा कम्पनी

२७. केयर माइक्रो जनरल इन्स्योरेन्स लिमिटेड

२८. अभियान लघुबीमा कम्पनी लिमिटेड

२९. हिम शिखर जीवन लघु बीमा कम्पनी

३०. सुरक्षा लघु जीवन बीमा कम्पनी

३१. स्वर्गद्वारी लघु जीवन बीमा कम्पनी  

images

प्रकाशित : बिहीबार , असोज १३ २०७९१२:४३

प्रतिक्रिया दिनुहोस