आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

विदेशीलाई तालिम दिएर डलर कमाउँदै प्राधिकरण प्रशिक्षण प्रतिष्ठान, १३ भुटानीले लिए फायर फाइटरको तालिम

images
बिहीबार , असोज १३ २०७९
images
विदेशीलाई तालिम दिएर डलर कमाउँदै प्राधिकरण प्रशिक्षण प्रतिष्ठान, १३ भुटानीले लिए फायर फाइटरको तालिम
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण प्रशिक्षण प्रतिष्ठानले विदेशी नागरिकलाई एयर कन्ट्रोलर तथा फायर फाइटरको तालिम दिँदै डलर आम्दानी गर्न थालेको छ। प्रतिष्ठानले अहिले चारवटा ग्रुपलाई फायर फाइटरको तालिम दिँदै आम्दानी गरेको हो। अहिलेसम्म भुटान र कुवेतबाट आएका  नागरिकलाई तालिम दिइसकेको प्रतिष्ठानले प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिए।
 
बुधबार मात्रै प्रतिष्ठानले भुटानबाट आएका १३ जनालाई फायर फाइटरको तालिम सम्पन्न गराएको हो। तालिम पाँच दिनको थियो। तालिमबाट प्रतिष्ठानले प्रतिव्यक्ति ७ सय डलर गरी ८ हजार ४ सय डलर आम्दानी गरेको तिवारीले जानकारी दिए।

images
images
images

यसअघि पनि प्रतिष्ठानले १२ जना भुटानीलाई फायर फाइटर र १६ जनालाई हवाई सुरक्षासम्बन्धी तालिम दिएको थियो। यसैगरी कोभिड अगाडि नै प्रतिष्ठानले दुईजना कुवेतीलाई र अन्य दुई जनालाई विमानस्थल आपतकालीन अवस्थासम्बन्धी तालिम दिएको थियो। फेरि प्रतिष्ठानले मंसिरमा १२ जना भुटानीलाई फायर फाइटरसम्बन्धी तालिम दिने भएको छ। 

images
images

प्रशिक्षण प्रतिष्ठानले एयर ट्राफिक कन्ट्रोलर, फायर फाइटर, रेडियो इन्जिनियर, एयरलाईन्स फ्लाइट डिसप्याचर, विमानस्थल प्रहरीलाई हवाई सुरक्षासम्बन्धी तालिम, सुरक्षा व्यवस्थासम्बन्धी तालिम, प्रशासनसम्बन्धी तालिम प्रदान गर्दै आएको छ। प्रतिष्ठान अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको ट्रेन एयर प्लस सदस्य भएकोले अन्तर्राष्ट्रिय मापदण्ड, गुणस्तरअनुरुप तालिम सञ्चालन गर्दै आएको छ। 

images
images

यो संस्था नागरिक उड्डयन प्राधिरणबाट एयर ट्राफिक कन्ट्रोलरको लागि तालिम प्रदान गर्न पाउने एक मात्र स्वीकृत प्राप्त तालिम संस्था हो। यसै वर्ष प्रतिष्ठानले आफ्नो एयर ट्राफिक कन्ट्रोलर तालिमको लागि आधुनिक उपकरण, तथा क्षमता विस्तार गर्ने योजना अगाडि सारेको छ।


प्रकाशित : बिहीबार , असोज १३ २०७९०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend