बुधबार, वैशाख ५ गते २०८१    
images
images
images
images

तरलता सहज बनाउन राष्ट्र बैंकले आज ३० अर्ब बैंकिङ प्रणालीमा  पठाउँदै

images
images
तरलता सहज बनाउन राष्ट्र बैंकले आज ३० अर्ब बैंकिङ प्रणालीमा  पठाउँदै
images

काठमाडौं-नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्बको रिपो जारी गरेर बजारमा पैसा पठाउने  भएको छ। बैंकले बिहिबार १४  दिन अवधिको रिपो जारी गर्न लगेको हो।  असोज २७  गतेसम्म मात्रै हुने रिपो बोलकबोल माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो। 

images
images
images

बजारमा लगानीयोग्य रकमको अभाव हुँदा तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले आवश्यकता अनुसार रिपो जारी गर्दै आएको छ। बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ।

images

बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन्। 

images

खुलाबजार कारोबारका उपकरणहरू अन्र्तगत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् । 

images
images

images

प्रकाशित : बिहीबार , असोज १३ २०७९०१:४९

प्रतिक्रिया दिनुहोस