शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

तरलता सहज बनाउन राष्ट्र बैंकले आज ३० अर्ब बैंकिङ प्रणालीमा  पठाउँदै

बिहीबार , असोज १३ २०७९
तरलता सहज बनाउन राष्ट्र बैंकले आज ३० अर्ब बैंकिङ प्रणालीमा  पठाउँदै

काठमाडौं-नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्बको रिपो जारी गरेर बजारमा पैसा पठाउने  भएको छ। बैंकले बिहिबार १४  दिन अवधिको रिपो जारी गर्न लगेको हो।  असोज २७  गतेसम्म मात्रै हुने रिपो बोलकबोल माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो। 

बजारमा लगानीयोग्य रकमको अभाव हुँदा तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले आवश्यकता अनुसार रिपो जारी गर्दै आएको छ। बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन्। 

खुलाबजार कारोबारका उपकरणहरू अन्र्तगत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् । 


प्रकाशित : बिहीबार , असोज १३ २०७९०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend