शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईएफसीको जीटीएफपीमा जोडियो ग्लोबल आईएमई बैंक 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १२ २०७९
आईएफसीको जीटीएफपीमा जोडियो ग्लोबल आईएमई बैंक 

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए। 

काठमाडौं-  अन्तर्राष्ट्रिय वित्त निगम(आईएफसी)ले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालको ग्लोबल आईएमई बैंक लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ। यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन भएको बैंकले दाबी गरेको छ।

बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वधन तथा ट्रेड फाइनान्स ग्याप पूरा गर्ने उद्देश्यले ल्याइएको आईएफसीले बताएको छ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए। 

ग्लोबल आइएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।


प्रकाशित : बुधबार, असोज १२ २०७९१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend