शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य इतिहासकै न्यून, सस्तोमा किन्ने लगानीकर्ता हुनसक्छन् फाइदामा

बिहीबार , असोज १३ २०७९
नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य इतिहासकै न्यून, सस्तोमा किन्ने लगानीकर्ता हुनसक्छन् फाइदामा

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य इतिहासकै सस्तो भएको छ। लगानीकर्तालाई लाभांश घोषणामार्फत थप निराश बनाएपछि सेयर मूल्य लगातार घटिरहेको छ। कम्पनीले कुल १५.७८९५ नगद लाभांश प्रस्ताव गरेको छ। जुन इतिहासमै निराशाजनक लाभांश हो।

एक दशककै सस्तो मूल्यमा दोस्रो बजारमा आएको कम्पनीको सेयर मूल्य लाभांश घोषणाले झनै घट्ने देखिएको छ। कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँबाट १५.७८९५ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ। 

गत वर्षदेखि प्रतिकित्ता मूल्य ३००० सम्म पुगेको सेयर मूल्य लगातार घटिरहेको छ। बुधवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८० रुपैयाँमा आइपुगेको छ। जुन मूल्य इतिहासकै सस्तो मूल्य  हो। 

१२ वर्षअगाडि कम्पनीको सेयर मूल्य ७ सय हाराहारी रहेको थियो। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ६३४ रुपैयाँमा आइपुगेको छ।

लाभांश इतिहास 

khasi boka (9).jpg

लाभांश कम भए पनि सूचकमा अझै अब्बल

नेपाल लाइफ इन्स्योरेन्स नोक्सानीमा रहेपनि अधिकांश सूचकमा आफ्नो अग्रता कायमै राख्न सफल भएको छ। चुक्ता पुँजी सबैभन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशील र सेयर बजारमा सूचीकृतमध्ये बलियो कम्पनी हो ।

तर गत आर्थिक वर्षको असारसम्ममा भने नेपाल लाइफले सबै भन्दा धेरै ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्योहोर्नु परेको छ। कम्पनीले नोक्सानीको लागि व्यवस्था बापत रकम छुट्याउँदा नोक्सानी व्यहोर्नु परेको जनाएको छ।

चुक्ता पुँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष र कुल बीमाशुल्कमा भने अग्रता कायमै राख्न सफल भएको छ। खुद बीमाशुल्क एक खर्ब माथि, नेपाल लाइफको मात्रै करिब ३५ अर्ब योगदान रहेको छ। 

नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल १ खर्ब ४ अर्ब १४ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। त्यसमा नेपाल लाइफको मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : बिहीबार , असोज १३ २०७९०१:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend