शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आकर्षक लाभांश दिने चर्चापछि उचालियो सपोर्ट लघुवित्तको सेयर मूल्य, गतवर्ष ३० प्रतिशत लाभांश पाउँदा अब कति?

बुधबार, असोज १२ २०७९
आकर्षक लाभांश दिने चर्चापछि उचालियो सपोर्ट लघुवित्तको सेयर मूल्य, गतवर्ष ३० प्रतिशत लाभांश पाउँदा अब कति?

काठमाडौं- सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिँदा प्रतिकित्ता ९७ रुपैयाँले सेयर मूल्य बढेको छ।

लगातार घटिरहेको कम्पनीको सेयर मूल्य बुधबार एकैदिन ७.६८ प्रतिशतले बढेर १३४०.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। एकवर्ष अगाडि २८४४.६० रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ११८० रुपैयाँसम्म झरेको थियो। 

कम्पनीले आकर्षक लाभांश दिने आशमा लगानीकर्ता झुम्मिदाँ सेयर मूल्य बढेको हो। कम्पनीले गतवर्ष ३० प्रतिशत लाभांश सेयरधनीलाई दिएको थियो।

sopport.PNG

लाभांश घोषणाको तयारीमा रहेको कम्पनीले यसवर्ष पनि ३० प्रतिशत हाराहारीमा दिने अनुमान गरिएको छ। जसका कारण पनि लगानीकर्ताले सस्तोमा आएको लघुवित्त कम्पनीको सेयर खरिद गर्दा मूल्य बढेको हो। कम्पनीको प्रतिसेयर आम्दानी २४.४९ रुपैयाँ रहेको छ भने पीई रेसियो ५४.७५ गुणा रहेको छ। साथै बुक भ्यालु १५९.५५ रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, असोज १२ २०७९०९:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend