शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

उतारचढावबीच झिनो कारोबार हुँदै थामियो सेयर बजार, दसैँपछि लाग्ला उकालो?

बुधबार, असोज १२ २०७९
उतारचढावबीच झिनो कारोबार हुँदै थामियो सेयर बजार, दसैँपछि लाग्ला उकालो?

काठमाडौं- लगातार उतारचढाव हुँदै मंगलबार सुधार देखिएको सेयर बजार बुधबार थामिएको छ। चाडबाडको समय भएकाले बजारमा खास उत्साह नदेखिए पनि बजार उही बिन्दु वरपर रहेको हो। 

बुधबार ६.४१ अंकले बढेर बजार १८३७.४६ बिन्‍दुमा पुगेको छ। ४८ करोड ५४ लाख रुपैयाँको मात्र कारोबार भएको बजारमा १०० कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ। 

गएको साता ७१.३९ र यो साता आइतबार २३.८३ अंकले घटेको बजारमा मंगलबार सुधार देखिएको थियो। मंगलबार १५.९२ अंकले बढेर बजार १८३१.०५ बिन्दुमा पुगेको थियो। 

अहिलेको अवस्थाले बजारमा स्थायी सुधारको आधार भने देखिएको छैन। गएको साता पनि बजारमा एक दिनमात्र वृद्धि देखिएको थियो। गएको साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेको थियो। बुधबार ११.२२ अंकले बढेको बजार बिहीबार पुन: ९.८३ अंकले घटेको थियो।

तीन महिनाअघिको न्यून बिन्दु १८४८ बाट तल लागिरहेको बजारमा चाडबाडको अवस्थामा पनि अपेक्षाकृत वृद्धिको अवस्था देखिँदैन। लगातार घट्दो ट्रेन्डमा रहेको बजारले सुधारको बाटो समात्न अझै पनि समय लाग्ने विश्लेषकहरूको भनाइ छ। चाडबाडको समयमा सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा बजारले उकालो यात्रा तय गर्न कठीन भइरहेको छ। 


प्रकाशित : बुधबार, असोज १२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend