बिहीबार , वैशाख ६ गते २०८१    
images
images

१० चामल उद्योगमा ५ अर्ब ६७ करोडको लगानी,  बजार माग भने ४० प्रतिशतले घट्यो

कुन उद्योगमा कति लगानी?

images
images
१० चामल उद्योगमा ५ अर्ब ६७ करोडको लगानी,  बजार माग भने ४० प्रतिशतले घट्यो
images

काठमाडौं- नेपालमा धानको उत्पादनमा खासै सुधार नआए पनि चामल उद्योगमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। पछिल्लो १४ महिनामै नेपालमा चामल उत्पादनका लागि १० वटा उद्योग दर्ता भएका छन्। तर चामलको बजार माग भने पछिल्लो सम‍य ४० प्रतिशतले घटेको एक अनौपचारिक सर्वेक्षणले देखाएको छ।

images
images
images

हाल नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८ टन छ। वर्षको करिब २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुन्छ। अपुग धान चामल छिमेकी मुलुकबाट करिब ५० अर्ब बराबर आयात हुन्छ। आयातको ग्राफ वर्षैपिच्छे बढ्दै गएको छ। आयातलाई प्रतिस्थापन नगरेसम्म आर्थिक सूचनाहरूलाई सुधार गर्न सकिँदैन। अबको अभियान भनेको उत्पादकत्वलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु नै अन्तिम विकल्प भए पनि उत्पादनभन्दा पनि प्रशोधनमा मात्र सबैको चासो देखिएको छ।

images

उद्योग विभागका अनुसार पछिल्लो १४ महिनमा ५ अर्ब ६७ करोड १० लाख रुपैयाँको लगानी प्रतिवद्धता सहित १० वटा उद्योग दर्ता भएका छन्। उद्योगबाट चामल मात्रै वार्षिक साढे ३ लाख  मेट्रिक टन हाराहारीमा उत्पादन हुने विवरणमा उल्लेख छ।

images

त्यसमा ६२ करोड रुपैयाँको लगानीमा महावीर एग्रो प्रोडक्ट प्रालिले ७७ हजार मेट्रिक टन चाम उत्पादन गर्ने भन्दै उद्योग दर्ता गराएको छ। उद्योग सञ्चालनमा आएपछि १ सय २ जनाले रोजगारी पाउने भएका छन्। यो उद्योगले वार्षिक २० हजार मेट्रिक टन चिउरा र १० हजार मेट्रिक टन भुजा उत्पादन गर्ने जनाएको छ।

images
images

नवलपरासीमा स्थापना हुने सिद्धिलक्ष्मी फुड्स प्रालिमा भने १ अर्ब १३ करोडको लगानी हुने भएको छ। यो उद्योगमा पनि उद्योग विभागमा दर्ता भइसकेको छ। उद्योगले वार्षिक ३३ हजार ८ सय ४० मेट्रिक टन चामल उत्पादन गर्ने जनाएको छ। उद्योग सञ्चालन भएपछि २ सय २४ जनाले रोजगारी पाउने समेत उद्योगले जनाएको छ।

वार्षिक ३० हजार मेट्रिक टन चामल उत्पादन गर्ने गरी आरएमसी फुड्स उद्योग पनि दर्ता भएको छ। ३० करोड लगानी हुने उद्योगमा ८०९ जनाले रोजगारी पाउने भएका छन्। 

७६ करोड ५० लाख रुपैयाँको लगानीमा अग्नि एग्रो फुड प्रोडक्ट्स उद्योग पनि दर्ता भएको छ। उद्योगले वार्षिक ४३ हजार २ सय मेट्रिक टन चामल उत्पादन गर्ने र उद्योगमा ४२ जनाले रोजगारी पाउने जनाएको छ।

वार्षिक ४३ हजार २ सय मेट्रिक टन चामल उत्पादन गर्ने भन्दै सरोबर एग्रो इन्डष्ट्रिज प्रालि पनि दर्ता भएको छ। उद्योगमा ५५ करोड ६० लाख  रुपैयाँको लगानी रहने र ४४ जनाले रोजगारी पाउने उद्योगले जनाएको छ।

२४ करोड रुपैयाँको लगानीमा वार्षिक ९ हजार २ सय ८५ मेट्रिक टन चामल लगायत चामलबाट बन्ने वस्तुको उत्पादन गर्ने गरी मोर नेचुरल फुड्स प्रालि दर्ता भएको छ। यसैगरी ७६ करोड रुपैयाँको लगानीमा वार्षिक ४० हजार मेट्रिक टन चामल उद्पादन गर्ने  गरी कपिलवस्तुमा महालक्ष्मी मल्टी एग्री ईण्डष्ट्रिज प्रालि दर्ता भएको छ।

४८ करोड रुपैयाँको लगानीमा वार्षिक ९० हजार ३ सय ६० मेट्रिक टन चामल उत्पादन गर्ने गरी त्रिवेणी राइस इण्डष्ट्रि प्रालि दर्ता भएको छ। उद्योग पर्सामा स्थापना हुने गरी दर्ता भएको छ।

यसैगरी २० करोडको लगानीमा  राइजिङ सन एग्रो इन्डष्ट्रिज प्रालि दर्ता भएको छ। साथै ६२ करोड रुपैयाँको लगानीमा ग्लोबल फुड पार्क प्रालि दर्ता भएको छ। बाँके नेपालगञ्ज उपमहानगरपालिका सञ्चालन हुने उद्योगले  ६२ हजार मेट्रिक टन चामल उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ।

images

प्रकाशित : बुधबार, असोज १२ २०७९०८:४१

प्रतिक्रिया दिनुहोस