शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनएमबिको बडा दसैँमा बडा डिजिटल धमाका

मंगलबार, असोज ११ २०७९
एनएमबिको बडा दसैँमा बडा डिजिटल धमाका

काठमाडौं- एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ।

यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ।  एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दसैँमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन्।

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाइने बैंकले जनाएको छ।

क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई-कमर्श-पोसमा कारोबार गर्दा २०% वा रु ५०० सम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ।

एनएमबि बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाइने बैंकले जनाएको छ।। त्यसको साथसाथै, एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा रु २०० सम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ।
 


प्रकाशित : मंगलबार, असोज ११ २०७९११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend