आइतबार, भदौ २३ गते २०८१    
images
images

लगातार घटिरहेको सेयर बजारमा देखियो सुधार, कारोबार रकम भने ६६ करोडमा सीमित

images
मंगलबार, असोज ११ २०७९
images
images
लगातार घटिरहेको सेयर बजारमा देखियो सुधार, कारोबार रकम भने ६६ करोडमा सीमित
images
images

काठमाडौं- लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साताको दोस्रो कारोबारमा सुधार देखिएको छ। गएको साता ७१.३९ र यो साता आइतबार २३.८३ अंकले घटेको बजारमा मंगलबार सुधार देखिएको हो। 

images
images
images

मंगलबार १५.९२ अंकले बढेर बजार १८३१.०५ बिन्दुमा पुगेको छ। मंगलबार ६६ करोड १० लाख १३ हजार रुपैयाँको कारोबार भएको छ। १५२ कम्पनीको मूल्य बढ्दा २७ कम्पनीको मूल्य घटेको छ। 

एक दिनको वृद्धिले बजारमा स्थायी सुधारको आधार भने देखिएको छैन। गएको साता पनि बजारमा एक दिनमात्र वृद्धि देखिएको थियो। गएको साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेको थियो। बुधबार ११.२२ अंकले बढेको बजार बिहीबार पुन: ९.८३ अंकले घटेको थियो।

तीन महिनाअघिको न्यून बिन्दु १८४८ बाट तल लागिरहेको बजारमा चाडबाडको अवस्थामा पनि अपेक्षाकृत वृद्धिको अवस्था देखिँदैन। लगातार घट्दो ट्रेन्डमा रहेको बजारले सुधारको बाटो समात्न अझै पनि समय लाग्ने विश्लेषकहरूको भनाइ छ। चाडबाडको समयमा सेयर बजारमा उत्साह देखिने अनुमान भइरहँदा बजारले उकालो यात्रा तय गर्न कठीन भइरहेको छ। 

images


प्रकाशित : मंगलबार, असोज ११ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend