शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

कर्णालीका पर्यटकीय क्षेत्र : पूर्वाधारको अभाव, आम्दानी न्यून

images
बिजनेस न्युज
images
images
कर्णालीका पर्यटकीय क्षेत्र : पूर्वाधारको अभाव, आम्दानी न्यून
images
images

सुर्खेत- मुगुको रारा, डोल्पाको से फोक्सण्डो, दैलेखको ज्वाला र गडी, सल्यानको कपुण्डे ताल, सुर्खेतको देउती बज्यै मन्दिर, काक्रेविहार र बुलबुले ताललगायत कर्णालीका घुम्नलायक प्रमुख क्षेत्र हुन्। 

images
images
images

यीबाहेक कर्णालीमा प्रचारमा नआएका पर्यटक लोभ्याउने क्षेत्र धेरै छन्। यी पर्यटकीयस्थलबाट प्रदेशले राम्रो आम्दानी लिन सक्ने प्रसस्त सम्भावना छ। यहाँको रमणीय वातावरणले पर्यटकलाई लोभ्याउन सक्छ तर यस्तो पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुँदाहुँदै पनि प्रदेशले भनेअनुसारको फाईदा लिन सकिरहेको छैन। कारण हो, पूर्वाधार विकासको अभाव र प्रचारप्रसारको कमी। 

images

कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट गत आर्थिक वर्षमा जम्मा ४८ लाख मात्रै राजस्व सङ्कलन भएको छ। यद्यपि कोरोना भाइरसको प्रकोपले पनि पर्यटन आवागमन कमजोर बनायो। तर प्रमुख कारण भनेकै सडक स्तरोन्नति, पर्यटकीयस्थलको प्रचारप्रसार र गतिलो बस्ने बासको व्यवस्थापन नहुनुले पर्यटकीय क्षेत्रबाट भनेअनुसारको आम्दानी लिन नसकिएको हो। 

images

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। प्रदेश योजना आयोगले पनि प्रथम पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रबाट आर्थिक आम्दानी मनग्य लिन सकिने र त्यसबाटै पर्याप्त रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ। रमणीय पर्यटकीय क्षेत्रमा समेत भने जति पर्यटक भित्र्याउन सरकारले सकेको छैन। 

images
images

प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार कर्णालीमा गत आर्थिक वर्षमा एक सय ८४ मात्रै बाह्य पर्यटकले यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन्। सरकारले पाँच ‘प’ पहुँच, प्रवद्र्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि मियो बनाउने योजना बनाएको छ। तरपनि भनेअनुसारको पर्यटक आकर्षण गर्न नसकेको सरोकारवाला बताउँछन्। 

प्रदेशमा पर्यटकीय क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सरकारले ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ। मुगुको छायानाथ रारा नगरपालिका १ का गजिन्द्रबहादुर मल्लको घरआँगनमै अप्सराजस्तो रारा अवस्थित छ तर रारासम्म पुग्नलाई सडक बाह्रै महिना चल्दैन। न राम्रो होटेल छन्। मल्ल भन्छन्, 'रारा हेर्न बाहिरबाट पर्यटक आउनुहुन्छ तर आवश्यक पूर्वाधारको विकास र बस्ने राम्रो व्यवस्था नहुँदा निराश भएर जानुहुन्छ, अनि एक पटक आएका पर्यटक पनि तालबाहेकका अन्य सेवासुविधा नहुँदा फेरि फर्केर आउनुहुन्न।'

उनले रारामा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले खासै ध्यान नदिएको भन्दै भौतिक पूर्वाधारको विकाससँगै स्थानीय खानाको गुणस्तरीय होटल र फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन्। विदेशी पर्यटक ठूला होटल रोज्छन्। अचेल होटलमा पहिले जति पर्यटक बस्न आउँदैनन् । आन्तरिक पर्यटकको आगमन पनि कम हुँदा पर्यटक क्षेत्र सुनसान भएको बताउँछन् होटल व्यवसायी। कोरोनापछि होटल व्यवसाय पनि धरासयमा परेको होटल व्यवसायी सङ्घले जनाएको छ। 

होटल व्यवसायी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष तर्क शाही भन्छन्, 'कोरोना महामारीले प्रदेशका तीन सय होटल विस्थापित भएका छन्, कतिले ऋण तिर्न सकेका छैनन् भने कति होटेल बन्द नै भइसके। यस्तो अवस्थामा पर्यटकलाई राम्रो बस्ने खाने व्यवस्था गर्न सकिने अवस्था भएन नि।' सरकारले पर्यटक आकर्षण गर्न होटल व्यवसाय पनि पुरानै लयमा ल्याउने गरी काम गर्नुपर्ने उजको माग छ। 

पर्यटक आगमन बढाउन पूर्वाधार विकासमा जोड दिएका छौँ : मन्त्री शाही 

प्रदेश सरकारले भने मुख्य पर्यटकीय क्षेत्रसम्म पुग्न भौतिक पूर्वाधार आवश्यक रहेकाले पूर्वाधार विकासलाई जोड दिइएको जनाएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले स्थानीयस्तरमा धेरै पर्यटकीयस्थल रहेको भन्दै ती क्षेत्रको अध्ययन-अवलोकन र बाह्य पर्यटकको आकर्षण बढाउन प्रदेश सरकारले काम गरिरहेको बताए।

'कर्णालीको आम्दानीको ठूलो सम्भावना पर्यटन पनि हो', मन्त्री शाहीले भने, 'सरकारले विभिन्न पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसारसँगै पूर्वाधार विकासमा जोड दिएको छ', उनले थपे, 'हामीले रारामा साइकल पदमार्ग विकास गर्दै छौँ, त्यहाँसम्म पुग्ने पर्यटकको लागि बस्ने वासस्थानको उचित व्यवस्था गरिरहेका छौँ, अन्य पर्यटकीय क्षेत्रको स्तरोन्नति र प्रचारप्रसारमा ध्यान दिएका छौँ।' रासस

images

प्रकाशित : मंगलबार, असोज ११ २०७९०७:२७
प्रतिक्रिया दिनुहोस