बिहीबार , वैशाख १३ गते २०८१    
images
images

पसाउने बेलाका धानमा ‘मेली बग’ समस्या

images
बिजनेस न्युज
images
images
पसाउने बेलाका धानमा ‘मेली बग’ समस्या

तनहुँको म्याग्दे गाउँपालिका-७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन्। धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन्। 

images
images

तनहुँ- 'अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो', तनहुँको म्याग्दे गाउँपालिका-७ निवासी कोपिला नेपालीले भनिन्, 'वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने समस्या थपिएको छ।'

images
images
images

छ रोपनीमा लगाएको धान अधिकांश रोग लागेर मरेको छ। औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण नभएको उनको गुनासो छ। 'गाउँपालिका, कृषि ज्ञान केन्द्रमा पनि समस्याका बारेमा जानकारी गरायौँ, रोगको पहिचान हुन सकेन', उनले भनिन्, 'प्राविधिकले दिएको औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण भएन।'

images

सोही ठाउँ निवासी कृषक गङ्गा वाग्लेको चार रोपनी खेतमा लगाएको धानबालीमा पनि रोगको समस्या फैलिएको छ। 'वर्षभरि खाने धान हो, दुःख गरेर लगायौँ, यो वर्ष त मल अभाव पनि ज्यादा भयो', उनले गुनासो गरिन्, 'रोगको समस्याले धान उत्पादन नै घट्ने भयो, राज्यले कृषकको समस्या बुझिदिनुपर्छ।'

images

वर्षभरि खाने अन्न नष्ट हुने भएपछि सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने कृषक पुरुषोत्तम भण्डारीले बताए। 'वर्षभरि खाने अन्न हो, सबै नष्ट भयो, सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्छ', उनले भने। तनहुँको म्याग्दे गाउँपालिका-७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन्। धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन्। 

images
images

रोग लागेको धानलाई यसै छाडे अर्को वर्ष पनि यस्तै हुने हो कि भन्ने डरले समस्या फैलिएको ठाउँमा आगो लगाउने सोच बनाएको कृषकले बताएका छन्। यहाँका करिब ५० कृषकले तीन सय रोपनी क्षेत्रमा लगाएको धानबालीमध्ये एक सय ७० रोपनीमा रोगको प्रकोप फैलिएको छ। 

म्याग्दे गाउँपालिकाका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले धानमा ‘मेली बग’ को समस्या देखिएको जानकारी दिइन्। 'झट्ट हेर्दा जिङ्कको कमीले हुने राते रोगको प्रकोपजस्तो देखिने भएता पनि सुरुमा जिङ्क हाल्दा पनि सुधार भएन', उनले भनिन्, 'हामीले धानखेतको अवलोकनपश्चात नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहबमोजिम औषधि उपलब्ध गराएका थियौँ।'

औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको उनले बताइन्। 'सुधार भएको ठाउँमा थप विषादी छर्किने र पूर्ण क्षति भएको धानखेतको क्षतिपूर्ति दिने गाउँपालिकाले निर्णय गरेको छ', उनले भनिन्। यो रोगको समस्या तनहुँका अलवा चितवन र मोरङमा पनि देखिएको प्राविधिकले जनाएका छन्। रासस

images

प्रकाशित : मंगलबार, असोज ११ २०७९०४:२४
प्रतिक्रिया दिनुहोस