मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ११ २०७९
images
images
क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने
images
images

काठमाडौं- मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन‍्।

images
images
images

गैरआवासीय नेपाली सङ्घसहित मलेसियामा रहेका नेपाली सङ्घ–संस्थाहरुले  आयोजना गरेको स्वागत कार्यक्रममा उनले घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए। 

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानूनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको भनाइ थियो। राजदूत पौडेलले मलेसियामा रहेका नेपाली सङ्घसंस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली सङ्घसंस्थाहरुलाई परिचालन गर्ने योजना रहेको बताए। 

images

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ। मलेसियामा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट मात्र विप्रेषण पठाउन आग्रह गर्दै हुण्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गरिने उनले बताए। रासस 

images


प्रकाशित : मंगलबार, असोज ११ २०७९०४:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend