काठमाडौं- युनिलिभर नेपाल कम्पनीले कार्तिक ११ गते कम्पनीको २८ औँ साधारणसभा गर्ने भएको छ। साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश गर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको छ।
कम्पनीले आर्थिक वर्ष ७७\७८ को मुनाफाबाट प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने छन्।