शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १० २०७९
images
images
हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी
images
images

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन्।

images
images

पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ। किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न ककनीमा थुप्रै संरचना बनेका छन्। ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि पर्यटनको प्रवद्र्धन गर्ने योजनाबाट सुरु गरिएको बताउँछन् हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक प्रताप लामा। करिब पाँच सय रोपनी जग्गामा किबी, सिताके च्याउ, भैँसीपालन तथा अन्य खेती उनीहरूले गरिरहेका छन्। 

images
images

किबीले अब केही समयमा उत्पादन दिने लामाले बताए। च्याउ, गोलभेडा, आलु, मूलालगायत अन्य तरकारी भने उत्पादन भइरहेका छन्। 

images
images

ककनीसम्म पुग्ने राम्रो सडक नहुँदा त्यहाँ उत्पादित वस्तुलाई सहज तरिकाले बजार लैजान सकिएको छैन। किबी, आलु, गोलभेडा, साग, च्याउ उत्पादन हुने ककनीमा सडकको सहज पहुँच हुने हो भने काम गर्न सजिलो हुने बताउँछन् सञ्चालक लामा। उनले मलको दुःखले गाईभैँसी पनि पाल्न थालिएको बताए।

यस भेगका प्रायः सबै नागरिक कृषि पेशामै आत्मनिर्भर छन्। तर किसानमा प्राविधिक ज्ञान नहुँदा कतिपय स्थानमा किसानले गरेको लगानी खेर जाने गरेको छ। तर हेलम्बुको ककनी भने किबी खेतीका लागि उपयुक्त हुने बताउँछन् फार्मका कृषि प्राविधिक विकास पौडेल। त्यहाँबाट उत्पादित तरकारी, दूधलगायत नजिकै रहेका विद्यालयको छात्राबास र गाउँमा पनि खपत हुने गरेको छ। 
 
यहाँको उत्पादन अर्गानिक रहेको र नजिकै पाउँदा सहज भएको पाल्चोक माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र खड्काले बताए।

फार्मले नियमितरूपमा छ जनालाई र आवश्यकताअनुसार ४०-५० जनालाई रोजगारी दिएको छ। फार्ममा स्थानीय विद्यालयका विद्यार्थी पनि संलग्न हुँदै आएका छन्। यहाँ प्रयोगात्मक कक्षा गर्न विद्यार्थी आउने गरेका छन्। आफ्नै गाउँमा प्रयोगात्मक कक्षा गर्न पाएकामा हेलम्बुका मनोज पण्डितले खुसी व्यक्त गरे। रासस


प्रकाशित : सोमबार, असोज १० २०७९१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend