शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनसीसी र कुमारी बैंक मर्जरमा जाने सम्झौता, स्वाप रेसियाे कति?

सोमबार, असोज १० २०७९
एनसीसी र कुमारी बैंक मर्जरमा जाने सम्झौता, स्वाप रेसियाे कति?

काठमाडौं- एनसीसी र कुमारी बैंक मर्जरमा जाने सम्झौता गरेका छन्। सोमबार मेरियट होटलमा मर्जरका लागि दुई बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो।  

सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। दुई बैंकबीच १ः१ को स्वाप रेसियोमा जानेगरी सम्झौता भएको हो। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। 

दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार तयारी सुरु भएको मर्जरले अन्तिम रुपम पाएको हो। 

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरूलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।  


प्रकाशित : सोमबार, असोज १० २०७९०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend