बुधबार, वैशाख १२ गते २०८१    
images
images

नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवामा सरकारी सहानुभूति कहिलेसम्म?

सेवामा भएन सुधार, पोखरा र भैरहवा थपिए झन के होला?

images
images
images
नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवामा सरकारी सहानुभूति कहिलेसम्म?
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएको छ। साथै प्राधिकणले सरकारी स्वामित्वको निगममा आर्थिक संकट केही सहज होस् भन्दै जेठ २ गतेबाट सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ जिम्मा निगमलाई दिने निर्णयअनुसार काम भइरहेको छ।

images
images
images

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा न त एयरलाइन्स कम्पनी न त हवाई यात्रु नै खुसी छन्। यात्रुहरूबाट लगेज चोरी हुने तथा लगेजभित्रको सामान हराएको भन्दै विरोधका आवाज सुनिन्छ। कतिपय यात्रुले त साना चोरी भएको भन्दै विमानस्थल कार्यालयमा उजुरी दिइरहेका छन्। निगमको बदमासीकै कारण विमानस्थल कार्यालय तथा एयरलाइन्स कम्पनीले सास्ती भोग्न परेको छ भने अर्कोतर्फ सामान चोरीको आरोप थेग्न परेको छ।

images

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा कोही पनि खुसी छैनन्। निगमले साढ‍े एक वर्षअगाडि नै ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र सुविधासम्पन बनाउने भन्दै थप लगानी विस्तारको योजना अगाडि सारेको थियो। तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले 'जे गरेपनि आउने आम्दानी भइरहेको छ' भनेर ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय बनाउने अघिल्लो महाप्रबन्धक डिमप्रकाश पौडेलले ल्याएको योजना नै अलपत्र पारिदिएका छन्।

images

निगमले वार्षिक पाँच अर्ब रुपैयाँ बराबरको आम्दानी ग्राउन्ड ह्यान्डलिङ सेवाबाट गर्दै आएको छ। तर सेवालाई गुणस्तरीय बनाउन भने केही गरेको छैन। गुणस्तरीय तथा सुविधासम्पन्न बनाउने योजना पनि कमिसनको चक्करमा थन्किएको छ।

images
images

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा बारम्बार उजुरी तथा गुनासो आउन थालेपछि नेपाल नागिरक उड्डयन प्राधिकरणले पनि ग्राउन्ड ह्यान्डलिङ सेवालाई सुविधासम्पन्न तथा आधुनिक बनाउने नयाँ काम गर्नेु पर्ने निष्कर्ष निकालेको छ। तर सेवालाई गुणस्तरीय बनाउने योजनामा काम नगर्ने र अन्तर्राष्ट्रिय विमानस्थलकै छबिमा आँच आउने काम गरिरहेका निगमका केही अधिकारी भने सरकारी संस्थानको व्यापार खोसेर निजीलाई दिन लागेको भनेर प्रचार गरिरहेका छन्।

'निगम आर्थिक स‌ंकटमा छ। निगमको सुरक्षा सरकारले गर्नु पर्नेमा दुई मत छैन। तर निगमले दिने सेवामा जसरी उजुरी आउन थालेको छ। यो राम्रो विषय होइन। निगमले लगानी विस्तार गरेर सेवालाई गुणस्तरीय बनाउँदैन भने त्यसको विकल्प खोज्नु पर्छ,' निगम एक पूर्वमहाप्रबन्धकले भने, 'गुणस्तरीय सेवा दिन सकिँदैन भने निगम आफैले हाम्रो काम जहाज उडाउने हो। जहाज उडानमै केन्द्रित हुन पर्छ। गुणस्तरीय ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी कम्पनी छनोटमा विमानस्थल कार्यालयलाई बाटो खोलिदिनु पर्छ, विरोध गर्ने होइन।'

कि त निगमले समयसापेक्ष सेवालाई गुणस्तरीय बनाउनु पर्ने ती अधिकारीको भनाइ छ।

निगमको ग्राउन्ड ह्यान्डलिङमा समस्या भएर नै प्रश्न उठेको हो। समस्या नभएको भए त कसैले पनि प्रश्न नगर्ने निगक सञ्चालक समितका एक सदस्यले बताए।

'साच्चिकै भन्ने हो भने निगमको ग्राउन्ड ह्यान्डलिक सेवा अन्य देशको तुलनामा म‌हँगो छ। महँगो भएअनुसारको सेवा यात्रु तथा एयरलाइन्स कम्पनीले पाएका छैनन्। निगमकै कारण पनि हवाई टिकट म‌हँगो भएको कुरा सत्य हो,' ती सदस्यले भने, 'निगमले केही लगानी विस्तार गरेर ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र गुनासो नआउने बनाउनु पर्छ। अन्यथा विमानस्थलले यस विषयमा कुनै निर्णय गर्दा निगमले स्वीकार गर्नु पर्छ।'

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा बारम्बार प्रश्न उठ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ग्राउन्ड ह्यान्डलिङको विषयमा आएका उजुरी तथा समस्याको बारेमा जानकारी गराउँदै थप निर्णय गराउनु पर्ने भन्दै पत्राचार गरेको छ। निगमको ग्राउन्ड ह्यान्डलिङको विषयमा बारम्बार प्रश्न उठ्न थालेपछि भदौ १५ गते बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठल सुरक्षा समितिको बैठकले ग्राउन्ड ह्यान्डलिङ सेवाको विषयमा दुईवटा निर्णय गरेको प्रमाण बिजनेस न्युजलाई प्राप्त भएको छ।

समितले विमानको ब्यागेज होल्डबाट यात्रुहरूको लगेजमा राखिएका सामानहरू चोरी हुने कार्यलाई निरुत्साहित गर्न प्रत्येक वायुसेवा कम्पनीलाई अनिवार्य रुपमा आफ्नो विमानको व्यागेज होल्ड तथा विमानको सुरक्षा कार्यमा आफनै कर्मचारीबाट निगरानी गर्ने/गराउने व्यवस्था मिलाउन र ब्यागेज लोड अनलोड गर्ने कर्मचारीहरूलाई पकेट (खल्ती) नभएको ड्रेस उपलब्ध गराउने व्यवस्था सम्बन्धमा ग्राउण्ड ह्यान्डलिङ एजेन्सी निगमलाई निर्देशन दिने निर्णय गरेको थियो।

साथै समितिले बिमानस्थलमा कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको नेपाल वायुसेवा निगमको सेवा स्तरीय नभएको, महँगो भएको, सेवाबारे धेरै गुनासाहरू आउने गरेको जसले विमानस्थलकै बदनामी हुने गरेको कारण वैकल्पिक कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा दिने कम्पनीको व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय कार्यान्वयन गर्ने विषयमा निर्णय गर्न विमानस्थल कार्यालयले प्राधिकरणलाई पत्राचार गरेको छ। कार्यालयले भदौ २१ मा प्राधिकरणलाई पत्राचार गरेको थियो। सोही विषयलाई लिएर गुणस्तरीय सेवामा कुनै काम नगरेको र योजनामा पनि अलपत्र पारेको निगम व्यवस्थापकले यसको विरोध गरिरहेका छन्।

ground.jpg

प्राधिकरण स्रोतले भने निगमले अब अहिलेसम्म जसरी सेवा दिँदै आएको छ अब त्योअनुसार चल्न नसक्ने बताएको छ। प्राधिकरणले निगमले गुणस्तरीय सेवा दिनेगरी लगानी विस्तार तथा सेवा शुल्कमा परिमार्जन नगरेको अवस्थामा सरकारले खुला प्रतिस्पर्धाबाट गुणस्तरीय ग्राउन्ड ह्यान्डलिङ सेवाको लागि कम्पनी छनोट गर्ने बताएको छ।

गुणस्तरीय सेवा नदिने हो भने राष्ट्रवादको नाराले मात्रै निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको काम नपाउने प्राधिकरणको भनाइ छ। यस विषयमा जानकारी लिन निगम अध्यक्ष अधिकारीलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

२७ अर्बको लगानीमा तीन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारको योजना अलपत्र

निगमका कार्यकारी अध्यक्ष अधिकारीले तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार तथा पूर्वाधार विकासका योजना अलपत्र पारेका छन्। पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलको पालामा २७ अर्ब खर्चेर तीनवटा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्ने योजना ल्याइएको थियो। तर कार्यकारी अध्यक्ष अधिकारीले उक्त योजना नै गायब बनादिएका छन्।

पौडेलले (सन् २०२१-२०३०) १० वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र आधुनिक बनाउन भन्दै २७ अर्ब लगानी गर्ने योजना सार्वजनिक गरेको थियो। अधिकारीले उक्त योजना अलपत्र पारिदिएका छन्।

निगमले अहिले सञ्चालनमा रहेको त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा पनि निगमले नै गर्दै छ। तर लगानी विस्तार गर्ने कुनै तयारी भएको छैन। यसअघिको लगानी विस्तार गर्ने योजना पनि अलपत्र परेको छ।

निगमलाई २०७७ पुसमै नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्न पत्राचार गरेको थियो। सोही आधारमा तत्कालीन व्यवस्थापनले १० वर्षमा २७ अर्ब लगानी गर्ने योजना अगाडि सारेको थियो।

नेपाल एयरलाइन्सको मुख्य आम्दानीको स्रोतमा ग्राउन्ड ह्यान्डलिङ सेवा हो। तर निगमले गुणस्तरीय ग्राउन्ड ह्यान्डलिङ सेवा दिन सकेको छैन। निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाको विषयलाई लिएर जहिले पनि प्रश्न उठिरहेको छ। निगम व्यवस्थापनले भने ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारमा भने कुनै चासो दिएको छैन।

कोभिड अगाडिसम्म निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाबाट मात्रै वार्षिक करिब ५ अर्ब आम्दानी गरिरहेको थियो। कोभिडका कारण दुईवर्ष आम्दानी कम भए पनि पुन: पहिलेकै अवस्थामा ग्राउन्ड ह्यान्डलिङ सेवाबाट आम्दानी गरिरहेको छ। अहिले थप दुईवटा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न अनुमति पाएको निगमले काठमाडौंमा प्रयोग भएको उपकरण लगेर सेवा दिइरहेको छ। तर आवश्यक पूर्वाधार र उपकरणमा लगानी विस्तार गरेको छैन।

२०७७ पुसमा निगम व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणको चरणमा रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २७ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने योजना अगाडि सारेको थियो। प्राधिकरणको पत्र पाएसँगै निगम व्यवस्थापनले गौतम बुद्ध र पोखरामा नयाँ संरचना बनाउन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्न योजना बनाएको थियो।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् २०२१ देखि २०३० सम्म १७ अर्ब १७ करोड लगानी गर्ने योजना बनाएको थियो। यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको पूर्वाधार तयार गर्दै सेवा सञ्चालनका लागि २०३० सम्म ६ अर्ब ११ करोड रुपैयाँ र पोखरा क्षेत्रीय विमानस्थलमा पनि २०३० सम्म ४ अर्ब ५ करोड रुपैयाँ लगानी गर्नेगरी योजना अगाडि सारेको थियो।

३ विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा कुन वर्ष कति लगानी?

२०२१- १ अर्ब ९४ करोड    

२०२२- २ अर्ब ९ करोड

२०२३- २ अर्ब २४ करोड

२०२४- २ अर्ब ४१ करोड

२०२५- २ अर्ब ५८ करोड

२०२६- २ अर्ब ७७ करोड

२०२७- २ अर्ब ९८ करोड

२०२८- ३ अर्ब २० करोड

२०२९- ३ अर्ब ४३ करोड 

२०३०- ३ अर्ब ६९ करोड

images

प्रकाशित : सोमबार, असोज १० २०७९०३:२०

प्रतिक्रिया दिनुहोस