शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

समग्र सेयर बजार घट्दा पनि लक्ष्मी र एभरेष्ट बैंकको एकैदिन किन बढ्यो सेयर मूल्य? दुई वर्षअगाडि रोकिएको मर्जर अगाडि बढ्ने संकेत

images
images
समग्र सेयर बजार घट्दा पनि लक्ष्मी र एभरेष्ट बैंकको एकैदिन किन बढ्यो सेयर मूल्य? दुई वर्षअगाडि रोकिएको मर्जर अगाडि बढ्ने संकेत
images
images

काठमाडौं- लक्ष्मी बैंक र एभरेष्ट बैंकबीच रोकिएको मर्जर प्रक्रिया पुनः अगाडि बढेको छ। कुनै औपचारिक निर्णय नभए पनि दुई बैंकबीच दुई वर्षअगाडि देखिएको प्रक्रिया पुनः अगाडि बढेको हो।

images
images
images

राष्ट्र बैंकले मुख्यगरी लक्ष्मी बैंकलाई मर्जरको ताकेता गरेपछि पुनः लक्ष्मी बैंक सञ्चालक समितिको एक समूहले एभरेष्टसँग अनौपचारिक कुराकानी अगाडि बढाएका छन्।

images

समग्र सेयर बजार घट्दा पनि आइतबार लक्ष्मी र एभरेष्ट दुवैको सेयर मूल्य बढेको छ। लक्ष्मी बैंकको सेयर मूल्य प्रतिकित्ता बढेर १९३ रुपैयाँमा कारोबार भएको छ भने एभरेष्ट बैंकको पनि प्रतिकित्ता २.७० रुपैयाँले बढेर ४७८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। लक्ष्मी आइतबार सबैभन्दा बढी कारोबार हुने सूचीमा परेको छ। स्वाप रेसियो लगायत विषयमा मर्जरका लागि छलफल सुरु भएपनि अहिलेसम्म कुनै पनि सहमती भएका छैनन्।

images

एभरेष्ट बैंक 

images
images

अघिल्ला बुलमा हट केकको रुपमा रहेको एभरेष्ट बैंक गत वर्षको बुलमा लगानीकर्ताको रोजाइँमा परेन। अहिले त एभरेष्ट बैंकको सेयर मूल्य पाँच वर्षयताकै सस्तो भएको छ। अघिल्लो बुलमा ३८०० रुपैयाँ पुगेको सेयर मूल्य घटेर ४७८.९० रुपैयाँसम्म झरेको छ। 

अघिल्लो बुलमा प्रतिसेयर ३८०० रुपैयाँसम्म पुगेको बैंकको गतवर्षको बुलमा जम्मा ७३९ रुपैयाँ मात्रै रहेको थियो। एक वर्षको अवधिमा बैंकको सर्वाधिक मूल्य ८११ रुपैयाँ रहेको थियो। 

आर्थिक वर्ष २०७२/७३ मा ७३.६७ प्रतिशतसम्म लाभांश दिएको बैंकले गत आर्थिक वर्षमा १०.५३ प्रतिशतमा टार्‍यो। यसले गर्दा पनि सेयरधनीहरूको आकर्षण देखिएन। गतवर्ष पुनः बैंक लयमा फर्किएको छ। बैंकले ४१ प्रतिशत लाभांश दिने क्षमता राख्नेगरी नाफा बढाएको छ। जुन २६ बैंकमध्ये सबैभन्दा धेरै हो। 

यस वर्ष बैंकले उच्च व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त गरेको छ। भारतको पञ्जाव नेशनल बैंकको प्रमुख सेयरधनी रहेको बैंकको रणनीतिक व्यवस्थापन पञ्जाव नेशनलले नै गर्छ। बैंकले अन्य बैंकहरूसँग पहिलाको जस्तै गरी प्रतिस्पर्धा गर्न सकेको छैन। त्यसले गर्दा पनि वित्तीय अवस्थामा अन्य कम्पनीलाई उछिन्न नसकेको हो। 

गत आर्थिक वर्षमा एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी रहेको छ। बैंकको वितरण योग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ। त्यस्तै बैंकको लाभांश क्षमता ४१.३२ प्रतिशत रहेको छ। जुन २६ बैंकमध्ये सबैभन्दा धेरै लाभांश क्षमता हो।  

अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म आइपुग्दा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेको छ।अघिल्लो असार मसान्तमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो। अघिल्लो असार मसान्तको तुलनामा गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको उल्लेख्य सुधारले नाफा बढाउन सहयोग गरेको देखिएको छ।

अघिल्लो असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ९५ करोड ६३ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत असार मसान्तमा आइपुग्दा ५ अर्ब ४२ करोड ५९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

असार मसान्तसम्म आइपुग्दा बैंकको अधिकांश वित्तीय सूचक निकै राम्रो देखिएको छ। बैंकको जगेडा कोष पनि निकै बलियो देखिएको छ। ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९ करोड २९ लाख ३६ हजार रुपैयाँ रहेको छ।

१ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यो अवधिमा बैकको खराब कर्जा भने ०‍‍.१२ प्रतिशतबाट बढेर ०.२४ प्रतिशत पुगेको छ। २७.०१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४०.७३ पैसा रहेको छ।

लक्ष्मी बैंक 

लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले घटेको छ। बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ८५ करोड ८९ लाख नाफा गरको छ। अघिल्लो वर्ष बैंकले चैत मसान्तसम्म १ अर्ब २८ करोड नाफा गरेको थियो। बैंकको सेयर मूल्य १९३ रुपैयाँमा कारोबार भएको छ। एकवर्ष अगाडि ३८४ रुपैयाँमा कारोबार भएको थियो।

ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च बढेको कारण नाफा घटेको हो। नाफा घट्दा बैंकको ईपीएस घटेको छ। बैंकको ईपीएस ९.९१ रुपैयाँमा आएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४१.८९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ।

बैंकले कर्जा निक्षेप अनुपात भने राष्ट्र बैंकले तोकेको भन्दा कम राखेको छ। ८७.२४ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात छ। बैंकको बेसरेट ९.६४ प्रतिशत छ।

images

प्रकाशित : सोमबार, असोज १० २०७९०१:५१

प्रतिक्रिया दिनुहोस