काठमाडौं- सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।
शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि तोलामा १ हजार रुपैयाँ घटेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि एकै दिन प्रतितोेला ३० रुपैयाँ घटेको हो। आइतबारका लालि चाँदीको मूल्य ११ सय ७० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।