शुक्रबार, चैत १६ गते २०८०    
images
images

नेपाल भ्रमण दशक मन्त्रिपरिषदबाट स्वीकृत, १० वर्षपछि वार्षिक ५० लाख पर्यटक ल्याउने लक्ष्य 

सन् २०२३ देखि २०३३ सम्म पर्यटन विकासमा केन्द्रित गर्ने

images
images
नेपाल भ्रमण दशक मन्त्रिपरिषदबाट स्वीकृत, १० वर्षपछि वार्षिक ५० लाख पर्यटक ल्याउने लक्ष्य 

त्यस्तै गैरआवासीय ‘नेपाली संघमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियानलाई पनि निरन्तरता दिइएको छ । विमानस्थलमा रहेको मनी एक्सचेन्ज काउन्टर २४ सै घण्टा सञ्चालन हुने र सबैभन्दा धेरै विदेशी पर्यटक भित्र्याइने हवाई कम्पनी तथा ट्राभल एजेन्सीलगायतले कर छुट पाउने छन्। 

images
images

काठमाडौं- पर्यटन विकासका लागि सरकारले अगाडि सारेको पर्यटन दशक मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। सन् २०२३ देखि २०३३ सम्म सरकारले नेपाल भ्रमण दशकको रुपमा बनाउने कार्ययोजना शुक्रबार बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‍मा ७३ बुँदे कार्ययोजना सहित भ्रमण दशकको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेका थिए। चार महिना अगाडिनै पेश भएपनि शुक्रबार बसेको मन्त्रिपरिषद्ले नेपाल भ्रमण दशक २०२३–२०३३ लाई स्वीकृत गरेको हो।

images

‘अब नेपालको पर्यटनले दिगो विकास हासिल गर्ने छ,’ पर्यटन मन्त्री जीवनराम श्रेष्ठले भने। पर्यटनको पूर्वाधार, पर्यटनको प्रवर्द्धन, पर्यटनको गन्तव्यहरूको विकासमा दशक योजनाले फड्को मार्ने समेत श्रेष्ठले दाबी गरे। पर्यटन मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना अगाडि सारेको र सोही अनुसार पर्यटनको विकासलाई अगाडि सारेको समेत मन्त्री श्रेष्ठले बताए। सन् २०३३ सम्मको यो दशक योजनाले वार्षिक ५० लाख पर्यटन भित्र्याउने गरी काम गर्ने दाबी समेत मन्त्री श्रेष्ठले गरेका छन्।

images
images

मन्त्रालयबाट पर्यटन क्षेत्रको विकास र सुधारको लागि सुझाव पेस गर्न विगतमा गठित कार्यदल र समितिको प्रतिवेदनलाई आधार मानेर कार्ययोजना तयार पारिएको मन्त्री श्रेष्ठले बताए। ७३ बुँदे कार्ययोजनामा नेपालमा पर्यटकको थप आकर्षणका लागि मन्त्रालयले पर्यटन नीति २०६५, हवाई नीति २०६३, पर्यटन ऐन, २०३५ र पर्वतारोहण २०५९ लगायतका कानूनहरूलाई समसामयिक संशोधन गर्ने छ। 

त्यस्तै गैरआवासीय ‘नेपाली संघमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियानलाई पनि निरन्तरता दिइएको छ । विमानस्थलमा रहेको मनी एक्सचेन्ज काउन्टर २४ सै घण्टा सञ्चालन हुने र सबैभन्दा धेरै विदेशी पर्यटक भित्र्याइने हवाई कम्पनी तथा ट्राभल एजेन्सीलगायतले कर छुट पाउने छन्। 

आर्थिक वर्ष २०७८-०७९ को आर्थिक सर्वेक्षण अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा पर्यटन आगमनको कुल संख्या २.१ प्रतिशतले बढेर ११ लाख ९७ हजार १९१ जना पुगेको थियो । तर, कोभिड–१९ महामारीको कारण अघिल्लो वर्षको तुलनामा सन् २०२० मा पर्यटक आगमन करिब ८१ प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मा रह्यो। यसैगरी सन् २०२१ मा ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार ९ सय ६२ रहेको छ।

यो सङ्ख्या सन् १९७७ पछिकै सबै भन्दा न्यून रहेको छ। त्यसैगरी सन् २०२१ मा विदेशी पर्यटकबाट विदेशी मुद्रा आर्जन ४६ प्रतिशतले घटेर १३ अर्ब ५० करोड ११ लाख रहेको अवस्था छ। यस क्षेत्रमा कार्यरत व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्‍यो। भने, औपचारिक र अनौपचारिक क्षेत्रका हजारौं कामदार र मजदुरले रोजगारी गुमाउनुपर्‍यो ।

प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको हिल स्टेशसन विकास गर्ने, छिमेकी मुलुकबाट पर्यटक वृद्धि गर्ने मेला तथा रोड शोजस्ता कार्यक्रम नेपाल पर्यटन बोर्डबाट सञ्चालन गर्ने, सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको साहसिक पहिचान झल्किने संग्रहालय स्थापना गर्ने, प्रमुख पर्यटकीय क्षेत्रहरुमा सडक, खानेपानी, शौचालय, निःशुल्क इन्टरनेट सेवा लगायतका सुविधा बिस्तार गर्ने, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउने लगायत पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनका कार्यक्रमहरू अगाडि सारेको छ। 

कफी टेबल बुक सार्वजनिक

होटल संघ नेपालले नेपालको पर्यटन गन्तव्य र प्रडक्ट चिनाउने गरी कफी बुक सार्वजनिक गरेको छ। जोर्नी फ्रम इष्ट टु वेष्ट शिर्षक राखिएको बुकमा नेपालको सबै गन्तव्य र खाने कुराको समेत जानकारी गराइएको हानका प्रथम उपाध्यक्ष बिनायक शाहले जानकारी दिए।

tourism pho.jpeg

पूर्व देखि पश्चिमसम्मका गन्तव्य र पर्यटनका सबै प्रडक्टको विषय पुस्तकमा उल्लेख गरिएको समेत उपाध्यक्ष शाहले जानकारी दिए। 

हानले अर्धबार्षिक साधारणसभा कार्यक्रमलाई केन्द्रित गरेर शनिवार देखिनै नेपाल हस्पीटालिटी कन्क्लेभ समेत अयोजना गरेको छ। कार्यक्रममा विभिन्न विषयमा रहेर छलफल हुने समेत हानले जनाएको छ। 

 

images

प्रकाशित : शनिबार, असोज ८ २०७९१०:५०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ