शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ७ २०७९
images
images
रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

साबुन, धुप, तेल तथा धार्मिक कार्यका लागि श्रीखण्ड र रक्त चन्दनको माग बढ्दै गएकाले औषधिजन्य बिरुवाका रूपमा यसको खेती गरे अर्थतन्त्रमा समेत टेवा पुग्ने जनाइएको छ। 

images
images

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन्।

images
images

लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उनले छ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन्। जीवनभरि काम मात्रै कति गर्ने भनेर उनले न्यून लगानीमा बढी प्रतिफल आउने कृषि क्षेत्रको खोजी गरेको जानकारी दिए। 'करिब छ महिना जति मैले अध्ययन गरे कुन खेती गर्दा राम्रो फाइदा होला भनेर', उनले भने, 'सबैभन्दा बढी फाइदा रक्तचन्दन, श्रीखण्ड र अगरउडमा देखे त्यसपछि यसको अध्ययनमा लागेँ।'
 
रक्तचन्दन, श्रीखण्ड र अगरउड फाइदा देखेपछि भारतको बेङ्गोलर गएर उनले तालिमसँगै यस खेतीको अवलोकन गरे। 'भारतको बेङ्गलोरमा दुई हप्ताको तालिम लिए त्यहाँ यसबारेमा धेरै कुरा सिके', उनले भने, 'त्यहाँ मैले विभिन्न फार्ममा अवलोकन पनि गरे त्यहीबाट बीउ ल्याएर नर्सरी तयार गरेर बिरुवा उत्पादनमा लागेँ।'

images
images

सुरुवातमा आठ कट्ठा जमिन भाडामा लिएर करिब तीन लाखको लगानीमा खेती सुरु गरे अहिले उनले सेती विस्तार गर्दै थप एक बिघा जमिन भाडामा लिएर बिरुवा उत्पादनमा लागेका छन्। 'यो खेती गर्न सजिलो र फाइदा पनि छ खेतका आली र घर आगनमासमेत रोप्न सकिन्छ', उनले भने, 'रक्तचन्दनको बिरुवा १८ वर्षमा तयार हुन्छ।' उनले आयस्तर वृद्धिसँगै विदेशसँगको व्यापारघाटा कम गर्न पनि यो खेती गर्न जरुरी रहेको बताए।
 
छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्ड लगाए अहिले हुर्किरहेको उनले बताए। 'सुरुमा यहाँको हावापानीमा हुन्छ कि हुँदैन भन्ने डर थियो अहिले राम्रो भएर बिरुवा हुर्किरहेका छन्', उनले भने, 'यहाँको हावापानीमा पनि राम्रो हुने देखेपछि थप एक बिघा भाडामा लिएर खेती विस्तार गरेको छु।'

images
images

उनले रक्तचन्दन र श्रीखण्डसँगै अगरउडका बिरुवा पनि रोप्नुभएको छ। अहिले उनले आफ्नै नर्सरीसमेत स्थापना गरेर मनग्य आम्दानी गरिरहेको बताए। उनले सिजनमा ३० हजार बिरुवा उत्पादन हुने गरेको बताए। 'रक्तचन्दन, श्रीखण्ड र अगरउड औषधीय गुण भएका बहुमूल्य वनस्पति हुन्', उनले भने, 'धार्मिकरूपमा समेत यिनको महत्वपूर्ण मान्यता छ अन्तर्राष्ट्रिय बजारमा यो धेरै महँगो छ।' 
 
हरेक धर्मका व्यक्तिले पूजाआजादेखि आफ्ना मठ मन्दिरमा रक्तचन्दनदेखि श्रीखण्ड चढाउने गर्छन्। 'रक्तचन्दन र श्रीखण्डको नेपालमा माग कम छ भारतमा यसको प्रतिकिलोग्राम पाँच हजारभन्दा बढीमा बिक्री हुन्छ', उनले भने, 'अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ  चीनमा प्रतिकिलोग्राम १८ देखि ३४ हजारसम्म बिक्री भइरहेको छ।' उनले यसको प्रमुख बजार चीन रहेको बताए।
 
उनले रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने बताए। एक बिरुवाको तौल तीनदेखि पाँच क्विन्टलसम्म हुने र यसको प्रयोग विभिन्न किसिमका आयुर्वेदिक औषधि निर्माण, महँगा फर्निचर निर्माण, विभिन्न कसिमका खानाका परिकारमा समेत यसको प्रयोग हुने गरेको उनले बताए। 

'एक बिरुवाबाट जतिसुकै खराब उत्पादन भए पनि १८ वर्षमा दुई लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ', उनले भने, 'श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन हुन्छ जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर रु चार लाखसम्म बिक्री हुन्छ।'
 
उनले तेल निकालेर बाँकी रहेको काठबाट अगरबत्ती, धुप र साबुनलगायत निर्माणमा पनि काम लाग्ने बताए। उनका अनुसार यो परजीवी भएकाले यसले अर्को बिरुवाको जराबाट आफ्ना लागि आवश्यक तत्व लिने गर्छ। 'यो परजीवी भएका कारणले श्रीखण्डको छेउमै फलफूल तथा अन्य बिरुवा पनि रोप्नुपर्छ', उनले भने, 'श्रीखण्डको काठ नेपालमा प्रतिकिलो तीन हजार ५०० देखि चार हजार ५०० सम्म बिक्री हुन्छ।' उनले यसमा तीन खेती सँगै गर्न सकिने जानकारी दिए।
 
उनले सरकारले नीतिगतरूपमै यसको व्यावसायिक खेतीका लागि प्रोत्साहित गर्नुपर्ने बताए। साबुन, धुप, तेल तथा धार्मिक कार्यका लागि श्रीखण्ड र रक्त चन्दनको माग बढ्दै गएकाले औषधिजन्य बिरुवाका रूपमा यसको खेती गरे अर्थतन्त्रमा समेत टेवा पुग्ने जनाइएको छ। 
 
चीनमा यसको व्यापार बढ्दै गएकाले श्रीखण्ड र रक्तचन्दनको खेती व्यावसायिकरूपमा खेती गरिएको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, असोज ७ २०७९०८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend