शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईएमई पेले ७.१३ प्रतिशत ब्याज दिने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ७ २०७९
आईएमई पेले ७.१३ प्रतिशत ब्याज दिने 

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्छन्। 

काठमाडौं- नेपालमा एकमात्र ब्याज दिने वालेट आईएमईपेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । 

आईएमई पेले अबदेखि ७.१३ प्रतिशत ब्याज दिने भएको छ। यसअघि कम्पनीले  ६.०३ प्रतिशत ब्याज दिँदै आएको थियो। 

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्छन्। 

यसका लागि एक हजार रुपैयाँ वालेटमा राख्नुपर्छ। त्यसपछि यो सुपर वालेटमा रुपान्तरण हुन्छ र ब्याज पाइन्छ।

दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोवार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु रहेको कम्पनीले जानकारी दिएको छ। 

 


प्रकाशित : शुक्रबार, असोज ७ २०७९०५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend