शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

दुई वर्षमा दोबर हुने ग्लोबल आईएमई बैंकको मुद्दती योजना

images
बिजनेस न्युज
images
images
दुई वर्षमा दोबर हुने ग्लोबल आईएमई बैंकको मुद्दती योजना

योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ चाहिन्छ। 

images
images

काठमाडौं-  ग्लोबल आईएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ल्याएको छ। 

images
images
images

यो मुद्दती निक्षेप योजना अन्तर्गत ग्राहकहरूले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोबर गर्नसक्ने बैंकले जानकारी दिएको छ।

images

योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ। २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ। 

images

योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ चाहिन्छ। 

images
images

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ। 

 

images

प्रकाशित : शुक्रबार, असोज ७ २०७९०५:०६
प्रतिक्रिया दिनुहोस