शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दुई वर्षमा दोबर हुने ग्लोबल आईएमई बैंकको मुद्दती योजना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ७ २०७९
दुई वर्षमा दोबर हुने ग्लोबल आईएमई बैंकको मुद्दती योजना

योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ चाहिन्छ। 

काठमाडौं-  ग्लोबल आईएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ल्याएको छ। 

यो मुद्दती निक्षेप योजना अन्तर्गत ग्राहकहरूले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोबर गर्नसक्ने बैंकले जानकारी दिएको छ।

योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ। २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ। 

योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ चाहिन्छ। 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ। 

 


प्रकाशित : शुक्रबार, असोज ७ २०७९०५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend