बिहीबार , वैशाख १३ गते २०८१    
images
images

कमजोर हुँदै नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

images
images
images
कमजोर हुँदै नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

भारतीय मुद्रा अमेरिकी डलरसँगको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ। यो समस्या भारूको मात्र होइन संसारका धेरै मुद्राको तुलनामा डलर बलियो भइरहेको छ। 

images
images

काठमाडौं- अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमय दर अनुसार आज नेपाली बजारमा एक अमेरिकी डलरको बिक्री दर १२९.६८ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च दर हो। यसअघि १२८.२९ रुपैयाँ पुगेको थियो। 

images

पछिल्ला दिनमा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। 

images

नेपाली रुपैयाँ कमजोर हुँदा नेपालमा मूल्यवृद्धि झनै बढ्छ। अधिकांश उपभोग्य वस्तुको आयात हुने भएकाले डलर महँगो हुँदा मूल्य बढ्ने, व्यापार घाटा विस्तार हुने हुन्छ। यसको अवसर चालुखाता घाटासम्म पुग्ने गरेको छ। 

images
images

पछिल्ला दिनहरूमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर हुँदै आएको छ। प्रत्येक दिनजसो डलरले आफ्नो उचाइ कायम गर्दै आएको छ। 

विदेशी विनिमयका लागि नेपाली रुपैयाँ भारुसँग पेग छ। पछिल्ला दिनमा भारुको अवमूल्यन तीव्र छ। यही कारणले गर्दा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। भारतीय मुद्रा अमेरिकी डलरसँगको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ। यो समस्या भारूको मात्र होइन संसारका धेरै मुद्राको तुलनामा डलर बलियो भइरहेको छ। 

बलियो डलरको दबाब विशेषगरी एसिया क्षेत्रका केन्द्रीय बैंकका लागि टाउको दु:खाइको विषय बनेको छ। एसियन क्षेत्रका कयौं केन्द्रीय बैंकले अहिले डलरबिरुद्धको यस्तो लडाइ लड्दैछन् जो जितोन्मुख छैन। 

थाइल्यान्ड, भारत, मलेसिया तथा इन्डोनेसियाका केन्द्रीय बैंकमाथि पनि ठूलो दबाब सिर्जना भएको छ। 

भारतीय अर्थतन्त्र यसको ठूलो दबाबमा परेको छ। ठूलो मात्रामा ऊर्जा आयात गर्ने भारतका लागि पुँजी पलायन अर्को टाउको दु:खाइ बनेर थपिएको छ। पछिल्लो अवस्थासँग जुध्नका लागि भारतीय केन्द्रीय बैंकले केही नीति अघि सारेको छ। विदेसी लगानीकर्ताका लागि ब्याजदर बढाउनका लागि वाणिज्य बैंकलाई अनुमति दिने, गैरआवासीय नागरिकका लागि ब्याजदर बढाउने जस्ता कदम अघि बढाएको छ। 

एसियन क्षेत्रका केन्द्रीय बैंकहरू दुई समस्याको साँघुरो बाटोमा हिड्न बाध्य छन्। उनीहरु मूल्यवृद्धि र पुँजी पलायणको सामूहिक समस्याबाट गुज्रिएका छन्। 

images

प्रकाशित : शुक्रबार, असोज ७ २०७९०४:४५

प्रतिक्रिया दिनुहोस